हप्ताको पहिलो दिन नै घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। गत साता उच्च वृद्धि भएको सुनको मूल्य यस साताको पहिलो दिन नै घटेको हो।

नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैंयाँले घटेको छ। जससँगै नेपाली बजारमा छापवाला सुनको मूल्य ९६ हजार ६ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार ४ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

गत साता सुनको मूल्य

गत साता सुनको मूल्यमा धेरै नै उतारचढाव भयो। गत साता छापावाला सुन ९६ हजार २ सय देखि ९९ हजार रुपैंयाँ सम्ममा कारोबार हुँदा तेजाबी सुन ९५ हजार ७ सय देखि ९८ हजार ५ सय रुपैंयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु ४० ले घटेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : आइतबार, फागुन १५, २०७८११:३४

प्रहरीमा आत्मसमर्पण गर्ने पल शाहको घोषणा !