काठमाडौं, फागुन १८ । नाबालिग गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि अभिनेता पल शाह केहि दिनदेखि त्ननहुँ प्रहरीको न्यायिक हिरासतमा छन् ।
शाहविरुद्द पिडितका परिवारले फागुन ११ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तर शाह भने आफ्ना केहि कारण देखाउदै फागुन १५ गते तनहुँ प्रहरीसामु आत्मसमर्पण गर्न पुगेका थिए।

शाह पक्राउ परेपछि सामाजिक संजालमा उनको पक्षमा समूहगत आवाज उठिरहँदा केहि अभिनेत्रीहरु पीडित गायिकाको पक्षमा उभिएका छन्। अभिनेत्री रेखा थापा, ऋचा शर्मा पछि नायिका तथा मोडल प्रकृति श्रेष्ठले पनि यस घटनाबारे अवाज उठाएकी छिन्। उनले पल शाहसंग केहि म्युजिक भिडियोमा अभिनय समेत गरेकी छिन्।

उनि लेख्छिन:
“कानुनलाइ नै यो फैसला हुनपर्छ भनेर सिकाउने..कहाँ ? एउटा नारीले अर्को नारीको पिडा बुझ्न सक्दैन..कहाँ ? सत्य के हो भनि जान्नै नखोजी आखा चिम्लेर एकोहोरो लाग्ने कहाँ..? हाम्रो नेपालमा ।”
उनि अगाडी लेख्छिन्, ‘जे भयो विश्वास गर्न नसकिने छ । वर्षौ देखि चिनिराखेको र हजारौ राम्रो काम गरिराखेको साथीको बारेमा यस्तो कुरा सुन्न पर्दा मन मेरो पनि दुखेको छ । यो साचो नभए नि हुने भन्ने लाग्छ। तर कानुनले न साथी भन्छ, न सेलिब्रेटी, न परिवार । कानुन सबैको लागि बराबर छ र हुनुपर्छ । हामीले हामीले इमोसनमा आएर पिडितलाई गालि गर्नु भनेको भोलि हाम्रै चेलीबेटी आफुलाई केहि भएको गलतबारे बोल्न रोकेको बराबर हो। गल्ति, गल्ति नै हो । भोलि आफ्नै घरका दिदिबहिनिलाई पर्दा के हाम्रो यही नै सोच हुन्छ ? र हाम्रो सो कल्ड सेलिब्रेटीहरुलाई बिनम्र अनुरोध कि यदि तपाई कुनै संवेदनशिल कुरा बोल्न सक्नुहुन्न भने नबोल्नुहोस् ।”

