एजेन्सी – यसै सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका लियोनेल मेस्सी पूरा लयमा छैनन्। मेस्सीलाई पिएसजीमा घुलमिल हुन धेरै नै गर्यो परिरहेको छ र त्यसको असर खेलमा पनि देखिरहेको छ।
फ्रेन्च लिग वानमा मेस्सीले पिएसजीका लागि १६ खेल खेलिसकेका छन्। तर उनले अहिले सम्म मात्रै दुई गोल गरेका छन्। लिग वानमा मेस्सी गोल गर्न चुकेको देख्दा धेरैलाई अचम्म लागिरहेको छ।
हालको अवस्थालाई हेर्ने हो भने पिएसजीका धेरै खेलाडीले गोलको मामलामा मेस्सीलाई पछि पार्ने देखिन्छ। जारी सिजनमा मेस्सी को-को भन्दा पछि छन्।
डानिलो परेरा
पछिल्ला सिजनहरुमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि डानिलो परेरा जारी सिजनमा भने सुधारिएको प्रदर्शन गरिरहेका छन्। लिग वानमा परेराले पनि मेस्सीले जति नै खेलेका छन्। जारी सिजनमा उनले पिएसजीका लागि १६ खेल खेलेका छन्। तर उनले मेस्सी भन्दा ३ बढी गोल गरेका छन्। परेराको नाममा यस सिजन ५ गोल छ।
माउरो इकार्डी
इन्टर मिलानबाट पिएसजी आएका माउरो इकार्डीले अपेक्षा गरिए जस्तो प्रदर्शन गर्न नसकेपनि उनी गोलको मामलामा लियोनेल मेस्सी भन्दा अगाडी छन्। लिग वानमा उनले २१ खेल खेल्दा ४ गोल गरेका छन्।
एन्जल डि मारिया
डि मारिया र लियोनल मेस्सी लामो समयदेखि राष्ट्रिय टोलीका सहकर्मीको रुपमा आएका छन्। डेढ दशक भन्दा बढी समय बार्सिलोनामा बिताएर पिएसजी आइपुगेका मेस्सीलाई सहज महसुस गराउने डि मारियाको रहँदै आएको छ। डि मारिया पिएसजीका पूराना खेलाडी हुन्। उनी कयौं वर्ष देखि पिएसजीमा छन्। जारी सिजनमा डि मारियाले १९ खेल खेल्दा ३ गोल गरेका छन्। यो संख्या मेस्सी भन्दा बढी हो।
नेयमार
घाइते भएका कारण नेयमारले धेरै खेल गुमाए। नेयमारले जारी सिजनमा पिएसजीका लागि मात्रै १२ खेल खेलेका छन्। तर उनले मेस्सी भन्दा बढी गोल गरेका छन्। उनको नाममा ४ गोल छ।
किलियन एम्बाप्पे
मेस्सी आएपछि एम्बाप्पे ओझेलमा पर्ने धेरैको अनुमान थियो। तर एम्बाप्पे ठिक विपरित अवस्थामा देखिएका छन्। अहिले मेस्सीलाई उनले ओझेलमा पारेका छन्। एम्बाप्पे पिएसजीका शिर्ष गोलकर्ताको रुपमा रहेका छन्। एम्बाप्पेले १४ खेल खेल्दा १४ गोल गरिसकेका छन्।

