लेवान्डोस्कीलाई रियलबाट हाइज्याक गर्ने पिएसजीको योजना, यति धेरै रकम तिर्न भयो तयार !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई भित्र्याउने प्रयास गर्ने भएको छ। पिएसजीले लेवान्डोस्कीलाई आउने ट्रान्सफर विन्डोमा भित्र्याउने प्रयास गर्न सक्ने विभिन्न संचार माध्यमहरु बताउँछन्।

गएको केहि समय देखि बायर्नले लेवान्डोस्कीलाई बिक्री गर्ने चर्चा चलिरहेको छ। नयाँ युवा खेलाडीहरु भित्र्याउने योजना सहित अगाडी बढेको बायर्नले लेवान्डोस्कीलाई बिक्री गर्ने योजना बनाएको हो।

लेवान्डोस्कीलाई रियल म्याड्रिड, चेल्सी जस्ता क्लबहरु किन्न चाहन्छन्। तर यी दुई क्लब मध्ये लेवान्डोस्कीलाई भित्र्याउने विषयमा सबै भन्दा गम्भीर रियल देखिएको छ। लेवान्डोस्कीलाई भित्र्याउन रियल गम्भीर देखिएको अवस्थामा अब पिएसजीको पनि ध्यान त्यसतर्फ केन्द्रित भएको छ।

लेवान्डोस्कीका लागि पिएसजी ३५ मिलियन युरो सम्म तिर्न तयार रहेको बताइन्छ। पिएसजीका अध्यक्ष नासेर अल-खेलाफी लेवान्डोस्कीलाई जसरी पनि रियल जानबाट रोक्ने पक्षमा छन्।

बायर्नमा लेवान्डोस्कीको सम्झौता सन् २०२३ जुन सम्मका लागि मात्रै छ। त्यसपछि उनी फ्री एजेन्ट हुनेछन्। बायर्न र लेवान्डोस्की बीच सम्झौता थपक विषयमा खासै छलफल भएको छैन। यससँगै लेवान्डोस्कीले बायर्न छाड्न सक्ने सम्भावना बढेको हो।

एम्बाप्पेले छाडे लेवान्डोस्की भित्र्याउने पिएसजीको योजना

युवा स्टार किलियन एम्बाप्पेलाई जसरी पनि क्लबमा अड्याउने पेरिस सेन्ट जर्मेन(पिएसजी)को योजना रहेको छ। एम्बाप्पेलाई क्लबमा अड्याउन पिएसजीले अहिले सम्म कयौं प्रस्ताव एम्बाप्पे सामू प्रस्तुत गरिसकेको छ। पिएसजीको तर्फबाट भएका कुनै पनि प्रस्तावमा एम्बाप्पे सहमत हुन सकिरहेका छैनन्।

एम्बाप्पेलाई क्लबमा अड्याउन पिएसजी जुन सुकै हद सम्म जाने स्पष्ट छ। एम्बाप्पेलाई क्लबको दिर्घकालिन योजनामा राख्ने पिएसजीको योजना रहेपनि एम्बाप्पेले भने सम्झौता नवीकरण मानिरहेका छैनन्। पिएसजीसँगको सम्झौता यहि वर्ष सकिँदै छ। हालको अवस्थामै एम्बाप्पे जुन सुकै क्लबसँग अग्रिम सम्झौता गर्नको लागि खुला भइसकेका छन्।

एम्बाप्पे क्लबमा रहने-नरहने स्पष्ट नभएकै कारण पिएसजी यति बेला उनको ठाउँ लिने खेलाडीको खोजिमा समेत जुटिसकेको छ। पछिल्लो एक खबरका अनुसार पिएसजीमा एम्बाप्पेको ठाउँ बायर्न म्युनिखका लेवान्डोस्कीले लिन सक्नेछन्।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८०९:३४

पिके रहेसम्म मेस्सी बार्सिलोना नफर्किने ! के होला कारण ? हेर्नुहोस् !