एन्सेलोटी माथि युनाइटेडको नजर, रियल छाडेर जालान् त युनाइटेड ?

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एक परिपक्क र उत्कृष्ट प्रशिक्षकको खोजिमा छ। अन्तरिम प्रशिक्षक राल्फ रङ्गनिक यस सिजनका लागि मात्र प्रशिक्षकको भूमिकामा रहने हुँदा युनाइटेडलाई दिर्घकालिन योजना सम्हाल्ने प्रशिक्षक चाहिएको छ।

युनाइटेड अहिले देखि नै नयाँ प्रशिक्षकमा को ल्याउन सकिन्छ भनेर अध्ययन थालिसकेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार युनाइटेडले अहिलेबाट नै सम्भावित प्रशिक्षकहरुको सूची बनाइरहेको छ। सो सूचीमा रियल म्याड्रिडका प्रशिक्ष कार्लो एन्सेलोटी समेत रहेको बताइन्छ। म्यानचेस्टर युनाइटेडले मौरिसियो पोचेटिनो र एरिक टेन ह्यागलाई पनि सम्भावित प्रशिक्षकको रुपमा हेरेको छ।

एन्सेलोटी रियल म्याड्रिडमा धेरै राम्रो गरिरहेका छन्। रियल म्याड्रिड अहिले लालिगाको शिर्ष स्थानमा छ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रतिष्पर्धा गरिरहेको छ।

प्रशिक्षकको जिम्मेवारी सन्तोषजनक रुपमा निभाइरहेपनि उनले आउने समरमा क्लब छाड्न सक्ने स्पेनिस मिडियाहरु बताउँछन्। यदि उनले त्यसो गरेको खण्डमा उनलाई क्लबको जिम्मेवारी दिने युनाइटेडको योजना रहेको छ।

धेरै समय देखि युरोपका ठूला क्लबहरुको प्रशिक्षक रहिसकेका एन्सेलोटीले अहिले सम्म कयौं लिग उपाधि जितिसकेका छन्। एन्सेलोटीको नाममा तीन च्याम्पियन्स लिग पनि छन्। सफल प्रशिक्षकको रुपमा चिनिने एन्सेलोटीलाई क्लबको जिम्मेवार दिने विषयमा युनाइटेड भित्र लगातार छलफल भइरहेको छ। त्यस्तै सर एलेक्स फर्गुसन पनि एन्सेलोटीका ठूला प्रशंसक हुन्।

प्रकाशित : आइतबार, फागुन २२, २०७८१८:१९

शिर्ष चारबाट युनाइटेड आउट, आर्सनलको इन्ट्री !