पछि परेको अवस्थामा पनि बार्सिलोनाले जित निकाल्यो, शिर्ष तीनमा प्रवेश !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा पूनरागमन जित निकालेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर बार्सिलोनाले इल्चेमाथि २–१ को पूनरागमन जित निकालेको हो ।

बार्सिलोनाको पूनरागमन जितमा सब्सिच्युट फरवार्डद्धय फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरे । घरेलु टोली इल्चेका फिडेल चाभेसको गोल सान्त्वना बन्यो ।

भालेरको इल्चेको आइतबार राति भएको खेलमा घरेलु टोलीले ४५औं मिनेटमा अग्रता सलन सफल भएका थिए । फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यो अग्रतार्ला घरेलु टोलीले दोस्रो हाफमा जोगाउन सकेन ।

खेलमा पछि परेको बार्सिलोनाले इल्चेलाई लगातार दवावमा राख्दै ६०औं मिनेटमा बराबरी गोल फर्काउन सफल भएको थियो । फेरान टोरेसले जोर्डी अल्वाको पासमा वान टचमा फिनिस गरेका थिए । उनी ४६औं मिनेटमा पाब्लो गाभीको स्थानमा मैदान छिरेका थिए ।

८४औं मिनेटमा अर्का परिवर्तित खेलाडी मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई पूनरागमन जित दिलाए । डिपाएले क्रस गरेको बललाई एन्टोनियो बारागानले हातमा लागेको भन्दै पेनाल्टीको अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा डिपाए चुकेनन् । उनी ७५औं मिनेटमा पिएरे इमरिक औवामियाङको स्थानमा मैदान प्रवेश गरेका थिए ।

त्यसपछि घरेलु टोली इल्चेले दुईपटक र बार्सिलोनाले एकपटक पेनाल्टीको अपिल गरेपनि रेफ्रीले त्यसलाई कुनै मतलव गरेनन् । त्यसमै विवाद गरेपछि रेफ्रीले बेञ्चमा रहेका जेभियर पास्टरलाई रातो कार्ड देखाएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

यो जितसँगै बार्सिलोना २६ खेलबाट ४८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान ४८ अंक नै रहेपनि एट्लेटिको म्याड्रिड चौथो स्थानमा रहेको छ । बार्सिलोना दोस्रो स्थानको सेभियाभन्दा ७ अंकले पछि छ । पराजित इल्चे २७ खेलबाट २९ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

प्रकाशित : सोमबार, फागुन २३, २०७८०८:१९

चम्किए फेलिक्स, एट्लेटिको शिर्ष चारमा प्रवेश !