हालाण्ड अनुबन्ध गर्न बार्सिलोनाले गर्यो यतिसम्म ताम-झाम !

बार्सिलोनाले यो समरमा नर्वेजियन सुपरस्टार एर्लिङ हालान्डलाई अनुबन्ध गर्न इच्छुक रहेको बताइएको छ। क्लब प्रशिक्षक जाभी हर्नान्डेज कथित रूपमा हालान्डलाई व्यक्तिगत रूपमा क्याटालान दिग्गजहरूमा सामेल हुन मनाउन जर्मनी गएका थिए। बार्सिलोना २१ वर्षीय खेलाडीलाई नोउ क्याम्पमा ठूलो सम्झौता प्रस्ताव गर्न पनि तयार रहेको छ।

हालान्डलाई विश्व फुटबलको उत्कृष्ट युवा प्रतिभा मध्ये एक मानिन्छ। तर, हालको समयमा खेलाडीको चोटलाई लिएर नयाँ चिन्ता बढेको छ। एड्क्टरको चोटबाट निको हुने क्रममा उनलाई भर्खरैको अर्को झट्का लागेको छ जसले उनलाई केही समयको लागि साइडलाइन गरेको छ। यो उनको पहिलो चोटको चिन्ता भने होइन र उनको मेडिकल ट्र्याक रेकर्ड सुधार नभएसम्म, यो पूर्व साल्सबर्ग खेलाडीका लागि समस्या हुन सक्छ।

यस्तोमा, बार्सिलोनाले यो समस्या समाधान गर्ने उपाय निकालेको देखिन्छ। यदि क्लबले नर्वेलीलाई हस्ताक्षर गर्न सकेको खण्डमा उनीहरूले हालान्डलाई विशेष मेडिकल योजनामा राख्ने योजना गरिरहेका छन्। हालान्डले विशेष चिकित्सा उपचार योजनाबाट लाभान्वित हुने बार्साको विश्वास छ, जसले उनको चोटपटकको समस्या घटाउन सक्छ।

बार्सिलोनाले स्थानान्तरण अघि एर्लिङ हालान्डको फिटनेस मुद्दाहरूको निगरानी गरिरहेको छ। बार्सिलोनाले अहिले नर्वेजियन खेलाडीको फिटनेस र थप चोटका समस्याहरुको निगरानी गरिरहेको छ। यसले आगामी समर ट्रान्सफर विन्डोमा खेलाडीलाई साइन गर्ने उनीहरूको निर्णयमा प्रमुख भूमिका खेल्नेछ। डर्टमन्ड स्टारलाई हस्ताक्षर गर्नु भनेको क्लबको पक्षबाट ठूलो आर्थिक प्रतिबद्धता हो। यस्तोमा, खेलाडीको चोट सम्बन्धि समस्यालाई समाधान गर्न सक्ने भए मात्र बार्सिलोनाले हालान्डलाई अनुबन्ध गर्ने योजनामा रहेको छ।

प्रकाशित : सोमबार, फागुन २३, २०७८१४:१३

जाभीको चमत्कार: टुटेको बार्सिलोनालाई बाघ बनाए, अब सेभिल्ला माथि हमला गर्ने !