जाभीको चमत्कार: टुटेको बार्सिलोनालाई बाघ बनाए, अब सेभिल्ला माथि हमला गर्ने !

चाहे बार्सिलोनाले राम्रो खेलिरहेका छन् वा राम्रो खेल्न संघर्ष गरिरहेका छन्। तर यो कुरा पक्का रहेको छ कि जाभी हर्नान्डेजको बार्सिलोना ला लिगा सान्टान्डरमा दोस्रो स्थानमा पुग्ने बाटोमा दौडी रहेको छ।

ब्लाउग्राना क्लब अझै सेभिल्लाबाट धेरै टाढा छन् र शीर्ष चारमा पर्नमा केन्द्रित छन्, तर पछिल्ला केही खेलमा क्लबले निकै उत्कृष्ट गति पाएको छ र त्यो धेरै निकै महत्वपूर्ण कुरा हुनसक्छ। बार्सिलोना डिसेम्बर ४ देखि ला लिगा सान्टान्डरमा अपराजित छ, अन्तिम पटक बार्सिलोना क्याम्प नोउमा रियल बेटिससँग पराजित भएको थियो। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको बार्सिलोना बिस्तारै बिस्तारै लिगको तालिकामा माथि चढ्दै आएको छ र हाल लालिगा तालिकाको तेस्रो स्थानमा रहेको छ।

यद्यपि यी दुई टोली बीचको अंक दूरी अझै ठूलो छ, उनीहरुको नजर सेभिल्लालाई पछि पार्ने कुरामा पक्कै पनि हुनेछ। क्याटालान क्लब अब अर्को सिजन च्याम्पियन्स लिग छनोट हुन निकै बलियो स्थानमा रहेको छ।

क्लब हाल लिगको तेस्रो स्थानमा रहेको छ। २६ खेल खेलेको बार्सिलोनाले ४८ अंक जोड्न सफल भएको छ भने दोस्रो स्थानमा रहेको सेभिल्लाको ५५ अंक रहेको छ। तर बार्सिलोनाले सेभिल्लाले भन्दा एक खेल कम खेलेको छ। यदि बार्सिलोनाले हातमा रहेको खेल जितेको खण्डमा बार्सिलोना सेभिल्लासँगको अंक दूरी ४ अंकमा घटाउन सफल हुनेछ।

जसपछि बार्सिलोना र सेभिल्ला बीच खेल हुन बाँकी रहेको हुँदा उक्त खेलमा बार्सिलोना विजयी भएको खण्डमा अंक दूरी एक अंकमा घट्ने सम्भावना रहन्छ। जसपछि सेभिल्लालाई बार्सिलोनाले उछिन्न सक्ने सम्भावना उच्च रहन्छ। टोलीको कार्यभार सम्हाल्दा लिगको नवौं स्थानमा रहेको बार्सिलोनालाई ३ महिना भित्र टप ३ मा फर्काउनुमा जाभी हर्नान्डेजको भूमिका निकै ठूलो रहेको छ।

प्रकाशित : सोमबार, फागुन २३, २०७८१५:२२

युनाइटेड टोलीबाट निकालिएपछि आयो रोनाल्डोको आँधी-तुफान !