“कौटिन्हो लिभरपुलमा हुँदाको भन्दा पनि राम्रो लयमा”

एजेन्सी – प्रिमियर लिग क्लब एस्टन भिल्लाका प्रशिक्षक स्टेभेन जेरार्डले फिलिपे कौटिन्हो लिभरपुलमा हुँदाको भन्दा राम्रो फर्ममा फर्किएको बताएका छन्। प्रिमियर लिगमा साउथह्याम्टन विरुद्ध जित निकालेपछि एक मिडियासँग कुराकानी गर्दै जेरार्डले कौटिन्हो उत्कृष्ट लयमा फिर्ता भएको बताएका हुन्।

डेलिमेलसँग कुराकानी गर्नेक्रममा जेरार्डले कौटिन्हो साउथह्याम्टन विरुद्धको खेलमा लिभरपुलमा हुँदा भन्दा पनि राम्रो फर्ममा देखिएको बताए। जेरार्डका अनुसार साउथह्याम्टन विरुद्धको खेलमा कौटिन्हो लिभरपुलमा हुँदाको भन्दा पनि केहि राम्रो लयमा देखिएका थिए। कौटिन्हो फर्ममा फिर्ता भएपछि पूरा टीमलाई नै उर्जा मिलेको जेरार्डको भनाई छ।

“कौटिन्हो फिट अवस्थामा फिर्ता भएका छन्। उनी साँच्चै राम्रो लयमा छन्। उनी लिभरपुलमा हुँदाकै फर्ममा फर्किए। आज उनी त्यो भन्दा पनि राम्रो फर्ममा थिए। अन्य खेलाडीले पनि उनीबाट उर्जा पाएका छन्।”,जेरार्डले भने।

साउथह्याम्टन विरुद्ध भिल्लाले शनिबार जारी सिजनकै उत्कृष्ट प्रदर्शन गर्यो। फिलिपे कौटिन्होले उत्कृष्ट प्रदर्शन गरेसँगै भिल्लाले प्रिमियर लिगमा साउथह्याम्टन विरुद्ध शानदार जित निकालेको हो। कौटिन्होले एक गोल गर्दै एक असिस्ट पनि दिए।

कौटिन्हो यसै जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोनाबाट लोनमा भिल्ला आएका हुन्। बार्सिलोनामा मौका पाउन नसकेपछि भिल्ला एक उनी अहिले राम्रो प्रदर्शन गरिरहेका छन्। कौटिन्होले भिल्लाका लागि ३ गोल गर्दै ३ असिस्ट दिसकेका छन्।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८०८:५४

“मेस्सी गएकोमा कुनै पश्चाताप छैन”