चम्किए केन, टोटेनहमको सानदार जित !

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनले दुई गोल तथा डिजान कुलुसेभ्स्की र माट डोहर्टीले समान दुई असिस्ट दिएपछि टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ ।

टोटेनहमले एभर्टनमाथि ५–० को फराकिलो जित निकोलेको हो । टोटेनहम हटस्पर स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोलीको सानदार जितमा केनले दुई गोल गर्दा ह्युङ मिन सन र सर्जियो रिगुइलनले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

खेलको १४औं मिनेटमा माइकल किनको आत्मघाती गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिन सफल भएको थियो । १७औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । उनले डिजान कुलुसेभ्स्कीको पासलाई सदुपयोग गरेका थिए ।

३७औं मिनेटमा ह्यारी केनले माट डोहर्टीको पासमा गोल गरेपछि टोटेनहम पहिलो हाफमा ३–० ले अघि बढ्यो । दोस्रो हाफको शुरुमै सर्जियो रिगुइलनले कुलुसेभ्स्कीको पासमा गोल गरेपछि टोटेनहम फराकिलो जिततर्फ अग्रसर बन्यो ।

५५औं मिनेटमा केनले माट डोहर्टीको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै टोटनहमलाई सानदार जित दिलाए । घरेलु टोलीविरुद्ध एभर्टनले केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो ।

यो जितसँगै टोटेनहम २६ खेलबाट ४५ अंक जोडेर सातौं स्थानमा यथावत रहेको छ । समान ४५ अंक नै रहेपनि गोल अन्तरमा वेस्ट ह्याम युनाइटेड छैटौं स्थानमा रहेको छ । पराजित एभर्टन २५ खेलबाट २२ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८०८:५०

“कौटिन्हो लिभरपुलमा हुँदाको भन्दा पनि राम्रो लयमा”