केही बेरमा हुँदै नेष्डो समृद्ध लघुवित्त वित्तीयको आइपिओ बाँडफाँड, कतिलाई पर्ला ?

काठमाडौँ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड फागुन २४ गते मंगलबार आज दिउसो एक बजे हुने भएको छ। फागुन ११ गते देखि फागुन १५ सम्मका लागि बिक्री खुला भएको आइपिओको बाँडफाँड मंगलबार हुने भएको हो।

आज मंगलबार दिउँसो १ बजेदेखि येलो पेगोडा होटल, जमल, काठमाडौँमा हुने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओको प्रि अलटमेन्ट  आइतबार सम्पन्न भएको थियो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको थियो।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २६ लाख १० हजार १ सय २७ जनाले ३ करोड २ लाख २४ हजार २ सय ५० कित्ता शेयर माग भएको थियो। यो माग भए भन्दा झन्डै ४० गुणा बढी आवेदन हो। बाँडफाँड पश्चात ७७ हजार ४ सय ५३ जनाको भाग्य चम्किनेछ। अन्यको हात भने खाली रहनेछ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१०:४२

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, तपाईंलाई पर्यो ? यसरी हेर्नुहोस् रिजल्ट !