रियल म्याड्रिडको सामना गर्नु अगाडी मेस्सीको यो ताल, तनावमा पिएसजी !

एजेन्सी – शनिबार राति मात्रै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वानमा हार बेहोर्यो। लिगको दोस्रो स्थानमा रहेको निससँग पिएसजी १-० को गोल अन्तरले पराजित भएको थियो।

सो खेलमा पिएसजीसँग किलियन एम्बाप्पे थिएनन्। एम्बाप्प्पे नहुँदा पिएसजीको आक्रमण एक हिसाबले लंगडो नै भएको थियो। खेलभर एम्बाप्पेको अभाव स्पष्ट रुपमा देख्न सकिन्थ्यो। नेयमार र लियोनेल मेस्सीले पिएसजीको तर्फबाट खुलेर प्रदर्शन नै गर्न सकेनन्।

पिएसजीको तर्फबाट खेलभर मात्रै ८ प्रहार भएका थिए। जसमा दुई प्रहार मात्र टार्गेटमा थिए। सो खेलमा मेस्सी त बेपत्ता जस्तै थिए। खेलभर मेस्सीले एक प्रहार पनि हान्न सकेनन्।

पूरानो रेकर्डसँग बराबरी

मेस्सी प्राय राम्रो प्रदर्शन गर्ने खेलाडीमा पर्छन्। तर निस विरुद्ध भने धेरै नै कम्जोर देखिए। उनले कुनै पनि खेलमा एक प्रहार पनि गर्न नसकेको धेरै पछि हो। मेस्सीले यति खराब प्रदर्शन सन् २००९ पछि कहिले पनि गरेका थिएनन्। मेस्सीले सन् २००९ मा कोपा डेल रेको सेमि फाइनलमा रियल म्याड्रिड विरुद्ध पनि प्रहार नै गर्न सकेका थिएनन्।

पिएसजी गएपछि मेस्सी

यसै सिजन बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सी निकै नै कम्जोर प्रदर्शन गर्दै आएका छन्। विशेषगरी लिग वानमा मेस्सी कम्जोर देखिएका छन्। पिएसजीका लागि १७ खेल खेल्दा उनले मात्रै दुई गोल गरेका छन्। तर असिस्टको मामलामा भने मेस्सीको प्रदर्शन सन्तोषजनक छ। उनले अहिले सम्म ११ असिस्ट दिसकेका छन्।

पिएसजीले च्याम्पियन्स लिगको दोस्रो लेगमा रियल म्याड्रिडको बुधबार राति सामना गर्दैछ। रियलको सामना गर्नु अगाडी मेस्सीको यस प्रकारको प्रदर्शनले पिएसजी समर्थकमा चिन्ता थपेको छ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८११:४५

रियल विरुद्ध खेल्नु अगाडी पिएसजीमा तनाव, के छ एम्बाप्पेको अवस्था ?