रियल विरुद्ध खेल्नु अगाडी पिएसजीमा तनाव, के छ एम्बाप्पेको अवस्था ?

एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले रियल म्याड्रिडको सामना गर्नु अगाडी सबैको ध्यान किलियन एम्बाप्पेमा छ। पहिलो लेगमा रियल विरुद्ध निर्णायक गोल गरेका एम्बाप्पे दोस्रो लेगका लागि उपलब्ध हुने हुन् कि होइनन भन्ने अझै टुंगो लागिसकेको छैन।

एम्बाप्पे शनिबार राति पिएसजीले निसको सामना गर्दा टोलीमा थिएनन्। एम्बाप्पे नहुँदा सो खेलमा पिएसजी पराजित भएको थियो। निस विरुद्ध टोलीमा नपरेका एम्बाप्पे घाइते भएका हुन् कि भन्ने चर्चा पनि शुरु भएको छ।

निस विरुद्ध त एम्बाप्पे निलम्बन परेका कारण कारण खेल्न पाएका थिएनन्। तर अहिले आएर भने उनी प्रशिक्षणका क्रममा घाइते भएको खबर बाहिरिएको छ।

खबरमा आएअनुसार एम्बाप्पे सोमबार बिहान प्रशिक्षणमा क्रममा सामान्य घाइते भएका थिए। उनलाई लागेको चोट के कति गम्भीर हो भन्ने बारे केहि पनि जानकारी आएको छैन। सो चोटको चेक जाँच भइरहेको छ। चोट गम्भीर भएको खण्डमा उनी रियल म्याड्रिड विरुद्धको खेलका लागि उपलब्ध हुने छैनन्।

यसै बीच चर्चित खेल मिडिया ‘गोल’ले भने एम्बाप्पे रियल म्याड्रिड विरुद्ध उपलब्ध हुने उच्च सम्भावना रहेको दावी गरेको छ। प्रारम्भिक चेकजाँचका क्रममा एम्बाप्पेको चोट त्यति गम्भीर देखिएको छैन।

सोमबार पिएसजीले एम्बाप्पेमा सामान्य चोट देखिएको पुष्टि गरेको थियो। पिएसजीले एम्बाप्पेको पूरा जाँच पछि मात्र एम्बाप्पेको अवस्था बारे थाहा हुने बताएको थियो। एम्बाप्पेको अवस्था बारे मंगलबार थप मूल्याङ्कन हुने पिएसजीले जनाएको छ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१२:०६

रियलका तीन पूर्व खेलाडीबाट छुटकारा पाउने मुडमा पिएसजी, लिस्टमा रामोसको पनि नाम ! [सूची सहित]