रियलका तीन पूर्व खेलाडीबाट छुटकारा पाउने मुडमा पिएसजी, लिस्टमा रामोसको पनि नाम ! [सूची सहित]

एजेन्सी – फ्रेन्च लिग क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले केहि खेलाडीबाट छुटकारा पाउने योजना बनाएको छ। नयाँ युवा खेलाडीहरु थपेर अगाडी बढ्ने योजना बनाइरहेको पिएसजीले तीन खेलाडीबाट छुटकारा पाउने योजना बनाएको हो।

पिएसजीले छुटकारा पाउन चाहेका खेलाडीमा तीनै जना रियल म्याड्रिडका पूर्व खेलाडी हुन्। फ्रेन्च मिडियाहरुमा एक खबर अनुसार पिएसजी सर्जियो रामोस, केलर नाभास र एन्जल डि मारियाबाट छुटकारा पाउन चाहन्छ।

रामोस यसै सिजन रियलबाट पिएसजी आएका हुन् भने नाभास सन् २०१९ देखि पिएसजीमा छन्। त्यस्तै डि मारिया भने पिएसजी आएको धेरै समय भइसकेको छ। उनी सन् २०१५मा पिएसजी आएका थिए।

पिएसजीले यी तीनै खेलाडीबाट आउने ट्रान्सफर विन्डोमै छुटकारा पाउन सक्ने ले इक्विपले जनाएको छ। करियरको अन्तिम वर्षहरुमा रहेका डि मारियाको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। पिएसजीले उनलाई सम्झौता थपको प्रस्ताव अहिले सम्म गरेको छैन। पिएसजीले डि मारियालाई फ्री एजेन्टको रुपमा अन्यत्र पठाउने तयारी गरिसकेको बताइन्छ।

यस्तै नाभासलाई पनि पिएसजीले आउने ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्छ। सन् २०२४ सम्मका लागि सम्झौता रहेपनि पिएसजीले उनलाई बिक्री गर्न चाहेको ले इक्विपको दावी छ।

यसै सिजन पिएसजी आएका रामोसबाट काम लिन नसकिने पिएसजीले बुझिसकेको छ। लगातार घाइते हुँदै आएका रामोसलाई अन्यत्र पठाउन पिएसजीले लबिङ शुरु गरिसकेको छ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१३:३७

लालिगाको बेस्ट भयो बार्सिलोना, ३ महिना भयो खेल हारेको !