मेस्सीको १३ वर्ष कै खराब प्रदर्शन, एक प्रहार पनि रहेन टार्गेटमा !

पेरिस सेन्ट जर्मेन (पीएसजी) को आइतबार नाइससँग १-० ले पराजित भएको खेलमा लियोनल मेस्सीले एक शट पनि टार्गेटमा राख्न सकेनन्। सन् २००९-१० सिजनपछि अर्जेन्टिनाका सुपरस्टारले लिग खेलमा एक पनि शट टार्गेटमा प्रहार गर्न नसकेको यो पहिलो पटक हो।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रियल म्याड्रिडको सामना गर्नुअघि आइतबारको खेलको ८८ औं मिनेटमा एन्डी डेलोर्टले गोल गरेपछि फ्रान्सेली जाइन्ट्स नाइससँग स्तब्ध बनेको थियो। यस सिजन क्लबमा खासै प्रभाव पार्न नसकेका ७ पटकका ब्यालोन डी ओर विजेताले उक्त खेलमा पनि प्रभाव पार्न सकेनन्, जसको कारण फ्रेन्च मिडियामा पुन: उनको चर्को आलोचना हुन थालेको छ।

पछिल्लो पटक ३४ वर्षीय स्टारले सबै प्रतियोगिताहरूमा कुनै पनि खेलमा टार्गेटमा शट दर्ता गर्न असफल भएको बार्सिलोनाको लागि रियल म्याड्रिड विरुद्ध २०१९ कोपा डेल रे सेमिफाइनल थियो। गत महिना च्याम्पियन्स लिगमा रियल म्याड्रिड विरुद्धको प्रदर्शनको लागि पनि मेस्सीलाई फ्रान्सेली मिडियाले निकै आलोचना गरेको थियो।

गत समरमा बार्सिलोनामा आफ्नो सम्झौता नवीकरण गर्न असफल भएपछि मेस्सीले यस सिजन नयाँ क्लबका लागि गोल गर्न निकै संघर्ष गरिरहेका छन्। फ्रेन्च क्लबका लागि सबै प्रतियोगिताहरूमा अर्जेन्टिनी कप्तानले २४ उपस्थितिहरूमा सात गोल मात्र गर्न सफल भएका छन्, जसमा लिग १ मा दुई र च्याम्पियन्स लिगमा ५ गोल गरेका छन्।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१७:१७

पेप ग्वार्डीओला शिकारी, म्यानचेस्टर सिटी मेसिन गन : युनाइटेड बन्यो शिकार !