पेप ग्वार्डीओला शिकारी, म्यानचेस्टर सिटी मेसिन गन : युनाइटेड बन्यो शिकार !

पूर्व रेड डेभिल्स स्ट्राइकर टेडी शेरिङहमका अनुसार म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडको नेतृत्व र एकताको कमीलाई नराम्रोसँग उजागर गरेको दाबी गरेका छन्। आइतबारको म्यानचेस्टर डर्बीमा युनाइटेड सिटीसँग लज्जास्पद रूपमा पराजित भयो।

केभिन डे ब्रुइन र रियाद महारेज दुबैले दुई-दुई गोल गर्दै पेप ग्वार्डीओलाको टिमलाई ४-१ को जित दिलाए, जाडोन सान्चोले पहिलो हाफमा युनाइटेडका लागि एक मात्र गोल गर्न सफल भए। ग्यारी नेभिलले युनाइटेडको दोस्रो हाफको प्रदर्शनलाई “अपमानजनक” भने, जबकि उनका पूर्व टोली साथी रोय केनले यसलाई “लज्जाजनक” भने।

शेरिङहमले अब म्यानचेस्टर युनाइटेडका केही खेलाडीहरूलाई अन्तरिम प्रशिक्षक राल्फ रङ्गनिकको नेतृत्वमा “नराम्रो समयमा गुज्रिरहेको” आरोप लगाएका छन्। “मैले प्रभावशाली टोलीहरूमा खेलेको छु र कमजोर टोलीहरूमा पनि खेलेको छु, र मलाई थाहा छ कि यो रिसिभिङ एन्डमा रहँदा कस्तो महसुस हुन्छ,” शेरिङहमले भने।

“यदि तपाईं एक फुटबल टोलीको रूपमा सही नेतृत्वमा छैन, वा तपाईंको फुटबल रणनीति केहि परिस्थितिहरूमा सही छैन … यो वास्तविक अवस्था भन्दा खराब देखिन सक्छ, किनकि तपाईंलाई असहज क्षेत्रमा खेल्न बाध्य तुल्याईरहेको छ,” उनले भने, “म्यानचेस्टर सिटीले तपाईंलाई त्यहि माग गर्दछ। उनीहरूलाई थाहा छ म्यानचेस्टर युनाइटेडमा अहिले कमजोरीहरू छन् र उनीहरूले ती कमजोरीहरूको शिकार गरिरहेका छन्। उनीहरु विश्वलाई यो टोलीमा समस्या छ भनेर देखाईरहेका छन्।”

“यो पेपको मानसिकता हो। उनी एक शिकारी हुन्। उनलाई थाहा छ यो म्यानचेस्टर युनाइटेड टोलीमा प्वालहरू छन्। त्यसको पर्दाफाश गरौं। माथिदेखि तलसम्म यो फुटबल क्लब कति नराम्रोसँग चलेको छ सबैलाई देखाइदिउँ। यो खेललाई एकताका साथ कसरी खेल्नुपर्छ भनेर मानिसहरूलाई देखाऔं। उनले ठ्याक्कै त्यही गरिरहेका छन्,” उनले थपे।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१७:३८

मेस्सीले रियललाई ढुटो बनाउनेमा कप्तान मारक्विनहोस विश्वस्त !