अन्ततः युनाइटेड छाड्न तयार भए रोनाल्डो !

एजेन्सी – अन्ततः पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड छाड्न तयार भएका छन्। विभिन्न संचार माध्यमहरुका अनुसार रोनाल्डो यस सिजनको अन्त्यसँगै युनाइटेड छाड्न तयार भएका हुन्।

रोनाल्डोले युनाइटेड छाडेर पेरिस सेन्ट(पिएसजी) जाने सोच बनाइसकेको फुटबल ट्रान्सफरले जनाएको छ। म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनौट हुन नसकेको खण्डमा रोनाल्डो कुनै पनि हालतमा युनाइटेड नबस्ने निर्णय गरिसकेको फुटबल ट्रान्सफरको दावी छ।

जारी सिजनमा युनाइटेड कठिन अवस्थाबाट गुज्रिरहेको छ। प्रिमियर लिग अन्त्य तर्फ अगाडी बढ्दै गर्दा युनाइटेडको अवस्था झनै नाजुक छ। युनाइटेड आइतबार मात्रै म्यानचेस्टर सिटीसँग ४-१ ले पराजित भयो।

सो हारसँगै युनाइटेड शिर्ष चारबाट आउट भइसकेको छ। युनाइटेड यति बेला लिगको पाँचौ स्थानमा छ। शिर्ष चारमा रहेर युनाइटेडले च्याम्पियन्स लिगका लागि छनौट हुन ढुंगाको चिउरा नै चपाउनु पर्ने देखिन्छ।

रोनाल्डो यसै सिजन युभेन्टसबाट युनाइटेड आएका हुन्। रोनाल्डोले पहिलो युनाइटेड बसाईका क्रममा २ सय ९२ खेल खेल्दा १ सय १८ गोल गरेका थिए। पहिलो बसाईका क्रममा उनले युनाइटेडबाट एक एफए कप, तीन प्रिमियर लिग, दुई इएफएल कप र एक च्याम्पियन्स लिग जितेका थिए।

तर दोस्रो बसाईका क्रममा भने रोनाल्डो उपाधिविहिन हुने लगभग पक्का भैसकेको छ। जारी सिजनमा रोनाल्डोले युनाइटेडका लागि ३० खेल खेल्दा १५ गोल गरेका छन्।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१६:१२

युनाइटेडको दुर्गति: शिर्ष चार मात्र नभई शिर्ष ६ बाटै आउट !