युनाइटेडको दुर्गति: शिर्ष चार मात्र नभई शिर्ष ६ बाटै आउट !

एजेन्सी – गत सिजन प्रिमियर लिग उपविजेता बनेको म्यानचेस्टर युनाइटेड शिर्ष चारमा अटाउने सम्भावना क्षिण बन्दै गएको छ। आइतबार राति म्यानचेस्टर सिटीसँग पराजित भएसँगै शिर्ष चारमा रहने युनाइटेडको सम्भावना क्षिण बनेको हो।

सिटीसँग पराजित भएसँगै युनाइटेड शिर्ष चारबाट आउट भयो। युनाइटेड अहिले ४७ अंक सहित पाँचौ स्थानमा छ। युनाइटेडलाई आर्सनलले उछिनिसकेको छ।

शिर्ष चारमा मात्र नभई शिर्ष ६ मा अटाउन पनि युनाइटेडलाई हम्मे-हम्मे पर्ने देखिन्छ। जारी सिजनमा आर्सनलले युनाइटेड भन्दा ३ खेल कम खेलेको छ। तीन खेल खेल्न बाँकी रहँदा नै आर्सनल एक अंकले अगाडी छ। आर्सनल अब शिर्ष चार मात्र नभई शिर्ष तीनको प्रतिष्पर्धामा जान सक्छ।

आर्सनल मात्रै नभई युनाइटेडसँग टोटेनह्याम र वेष्ट ह्याम पनि प्रतिष्पर्धामा छन्। बराबर २८ खेल खेलेको वेष्ट ह्याम मात्रै दुई अंकले पछाडी छ। वेष्ट ह्याम लिगको छैठौं स्थानमा छ। यस्तै दुई खेल कम खेलेको टोटेनह्याम पनि मात्रै दुई अंकले पछाडी छ। यस्तोमा शिर्ष चारको दौडमा युनाइटेड भन्दा टोटेनह्याम बलियो अवस्थामा देखिन्छ।

शिर्ष चारमा रहन अब युनाइटेडलाई भाग्यले साथ दिनुपर्ने छ र आर्सनल-वेष्ट ह्याम-टोटेनह्याम सहितका टोलीहरुले लगातार हार बेहोर्नु पर्नेछ। अन्यथा युनाइटेड शिर्ष चारमा मात्र होइन शिर्ष ६ मा पनि अटाउन सक्ने छैन।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१६:३३

मेस्सीको १३ वर्ष कै खराब प्रदर्शन, एक प्रहार पनि रहेन टार्गेटमा !