अफिसियल: रियल विरुद्धको खेलमा यी दुई खेलाडी नहुने ! को-को ?

एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विरुद्धको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन(पिएसजी)का दुई खेलाडी उपलब्ध नहुने भएका छन्। रियल म्याड्रिड विरुद्धको महत्वपूर्ण खेलमा दुई खेलाडी नहुने पिएसजीले आधिकारिक पुष्टि गरेको हो।

पिएसजीले आधिकारिक रुपमा दिएको जानकारी अनुसार रियल म्याड्रिड विरुद्धको खेलमा सर्जियो रामोस र एन्डर हेरेरा हुने छैनन्। दुवै खेलाडी अहिले चोटिल अवस्थामा छन्।

रामोस र हेरेराको अनुपस्थितिले पिएसजीलाई खासै ठूलो असर भने गर्ने छैन। रियल विरुद्धको पहिलो लेगमा पनि दुवै खेलाडीले खेल्न पाएका थिएनन्। रियल विरुद्ध खेल्ने स्क्वाडमा रहेपनि हेरेरालाई मौरिसियो पोचेटिनोको पहिलो रोजाईमा पर्न सकेनन्। साथै उनले विकल्पिक खेलाडीको रुपमा समेत मैदान प्रवेश गर्ने अवसर पाएका थिएनन्।

रामोस भने रियल म्याड्रिड विरुद्धको खेल अगाडी नै घाइते भएका थिए। रियलको सामना गर्नु भन्दा केहि दिन अगाडी मात्रै रामोस घाइते भएका थिए।

रामोस खेल हेर्न म्याड्रिड पुग्ने आशा

खेलाडीको स्क्वाडमा नरहेपनि रामोस खेल हेर्न म्याड्रिड पुग्न सक्छन्। करियरको झन्डै डेढ दशक भन्दा बढी समय रियलमा बिताएका रामोस पिएसजी र रियल बीचको खेल हेर्न म्याड्रिड फर्किन सक्छन्। पिएसजीका प्रशिक्षक पोचेटिनो पनि यहि चाहन्छन्।

केहि समय अगाडी मात्रै पोचेटिनोको रियलबाट खेलेको रामोसको अनुभव आफूहरुलाई काम आउने बताएका थिए। रामोस आफूहरुसँगै भए अन्य खेलाडीहरुले धेरै जानकारी पाउने उनको भनाई थियो।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१७:५३

उडिरहेको लिभरपुललाई इन्टरले जमिनमा ल्यायो, तैपनि लिभरपुल क्वाटरफाइनलमा !