उडिरहेको लिभरपुललाई इन्टरले जमिनमा ल्यायो, तैपनि लिभरपुल क्वाटरफाइनलमा !

एजेन्सी – दोस्रो लेगमा हारको बावजुत इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

घरेलु मैदानमा इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित भएपनि समग्रमा २–१ को जित निकाल्दै लिभरपुल अन्तिम आठमा पुग्न सफल भएको हो ।

पहिलो लेगमा लिभरपुलले २–० को अवे जित निकालेको थियो । मंगलबार राति एनफिल्डमा पाहुना टोली इन्टर मिलान १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा उठाउन सकेन ।

प्रतिस्पर्धात्मक बनेको खेलमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई जित दिलाएपनि पहिलो लेगमा हार भोगेका कारण त्यो जित अघिल्लो चरण प्रवेश गर्न पर्याप्त बनेन ।

मार्टिनेजले ६२औं मिनेटमा एलेक्सिस साञ्चेजको पासमा गोल गर्न सफल भएका थिए । तर, साञ्चेज ६३औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेको थियो । यसको फाइदा लिभरपुलले उठाउन सकेन ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८०८:१०

साल्जवर्ग विरुद्ध बायर्नको गोलवर्षा, लेवान्डोस्कीको ह्याट्रिक !