रियल म्याड्रिड भर्सेस पीएसजी: एम्बाप्पे खेल्ने सम्भावना कति ?

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलीयन एमबाप्पे यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने राउन्ड अफ १६ को दोस्रो लेगमा खेल्ने सम्भावना रहेको छ ।

फ्रान्सेली क्लब पिएसजीले रियल म्याड्रिडको सामना गर्दा युवा फरवार्ड एमबाप्पे प्रशिक्षणका दौरान बोकेको चोटले बाहिर रहने अनुमान गरिएको थियो । तर पिएसजीले आफ्नो २४ सदस्यीय टोलीमा एमबाप्पेलाई समेट्दै उनी खेल्ने सम्भावना रहेको संकेत गरेको छ । सोमबार प्रशिक्षण दौरान मिडफिल्डर इद्रिसा गेयेको ट्याकलमा उनी चोट बोक्न पुगेका थिए ।

प्रारम्भिक परिक्षणका अनुसार एमबाप्पेको चोट खासै गम्भीर नरहेको थाहा भएको थियो । एमबाप्पेले उक्त चोटका कारण नै मंगलबार प्रशिक्षणमा सहभागी नजनाएको फ्रान्सेली मिडियाले लेखेका छन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले एमबाप्पेलाई म्याड्रिड प्रस्थान गर्ने टोलीमा समेटेका छन् ।

पहिलो लेगमा पिएजसीले एमबाप्पेकै गोलमा १-० को अग्रता लिएको छ । एमबाप्पेले यस सिजनको च्याम्पियन्स लिगका ७ खेलमा ५ गोल गरेका छन् । उनी टोलीको आक्रमणमा मुख्य खेलाडीका रुपमा स्थापित छन् । उनले घरेलु प्रतियोगितामा १९ गोल गर्दै शीर्ष गोलकर्ता बनेका छन् ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८१०:४६

एम्बाप्पे विश्व कै उत्कृष्ट रे ? अनि मेस्सी चाहिँ के ?