एम्बाप्पे विश्व कै उत्कृष्ट रे ? अनि मेस्सी चाहिँ के ?

माउरिसियो पोचेटिनोले बुधबार राति एस्टाडियो सान्टियागो बर्नाबेउमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) को भ्रमण अघि मिडियासँग कुरा गरेका छन्। अर्जेन्टिनी प्रशिक्षकले स्टार खेलाडी किलियन एम्बाप्पे निकै उत्कृष्ट लयमा रहेपनि पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सी नै विश्वको सर्वश्रेष्ठ खेलाडी भएको दाबी गरेका छन्।

बुधबार राति पोचेटिनो दुबैलाई आफ्नो टोलीमा राख्न पाउँदा धेरै भाग्यशाली हुनेछन्। पीएसजी पहिलो लेगको १-० ले अग्रता कायम गर्ने र रियल म्याड्रिडलाई उसकै मैदानमा पराजित गर्ने दाउमा हुनेछ। मेस्सी लस ब्लान्कोसका लागि परिचित शत्रु हुन्, जबकि एमबाप्पे त्यस्तो व्यक्ति हो जसलाई उनीहरूले निकट भविष्यमा आफ्नो खेलाडी भन्न पाउने आशा राखेका छन्। तर यो हप्ता भने दुबैले १३ पटकको च्याम्पियनलाई युरोपेली प्रतिस्पर्धाबाट बाहिर पठाउने योजना गरिरहेका छन्।

पोचेटिनोले आफ्नो पत्रकार सम्मेलनमा भने, “मेस्सी सातवटा ब्यालोन डी’ओर ट्रफीसहित विश्वकै उत्कृष्ट खेलाडी हुन्, त्यसपछि हामीसँग उत्कृष्ट बन्न चाहने उत्कृष्ट खेलाडीहरू छन्। किलियन [एमबाप्पे] को प्रदर्शन आफैं बोल्छ। उनी ती खेलाडीहरू मध्येमा पर्छन्, जो उत्कृष्ट छन् र जो सबैभन्दा चम्किंदै छन्।”

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा आज राति नेपाली समय अनुसार १:४५ मा रियल म्याड्रिडले आफ्नै घरेलु मैदानमा पीएसजीको सामना गर्दैछ। पेरिसले खेलमा समग्रमा १-० को अग्रता लिएको छ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८११:३३

च्याम्पियन्स लिगमा आज दुई ठूला खेल हुँदै: कुन च्यानलमा हेर्ने खेल ?