एर्लिङ हालाण्ड: बार्सिलोनाका लागि आकाशको फल, आँखा तरी मार !

एजेन्सी – बोरुसिया डर्टमण्डमा नर्वेली युवा स्टार एर्लिङ हालाण्ड बार्सिलोनाको मूख्य टार्गेटको रुपमा रहेका छन्। बार्सिलोनाले हालाण्डलाई आउने ट्रान्सफर विन्डोमा जसरी पनि भित्र्याउने योजना बनाएको छ।

हालाण्डलाई भित्र्याउन बार्सिलोनालाई त्यति सहज भने हुने छैन। हालको अवस्थामा बार्सिलोना आर्थिक संकटसँग जुधिरहेको छ र हालाण्डलाई भित्र्याउन ठूलो रकम खर्च हुनेछ।

हालाण्डलाई भित्र्याउँदा २ सय ५० मिलियन युरो सम्म खर्च हुन सक्ने ट्रान्सफर मार्केटका जानकारीहरु बताउँछन्। डर्टमण्डलाई तिर्नु पर्ने रिलिज क्लज बराबरको रकम, एजेन्ट चार्ज र हालाण्डको पारिश्रमिक सहितका शिर्षकमा बार्सिलोनाको २ सय ५० मिलियन युरो खर्च हुनेछ।

क्लबमा आर्थिक संकट रहेका बेला त्यत्रो रकम बार्सिलोनाले जसरी जुटाउँछ भन्ने कुरा नै अन्योलमा छ। हुन त बार्सिलोना अहिले देखि नै हालाण्ड भित्र्याउन खर्च हुने रकम जुटाउने तयारीमा जुटिसकेको छ।

रियल म्याड्रिड र सिटीसँग प्रतिष्पर्धा

हालाण्डलाई भित्र्याउन बार्सिलोना मात्र नभई आर्थिक रुपमा धेरै सवल रहेका रियल म्याड्रिड र म्यानचेस्टर सिटीले पनि चाहेका छन्। आर्थिक रुपमा बलियो रहेका कारण सिटी र रियल बार्सिलोनाको योजनामा बाधक बन्न सक्छन्।

हालाण्ड भित्र्याउने दौडमा रियल र सिटी आक्रामक रुपमा अगाडी बढिसकेको बताइन्छ। दुवै क्लबले अहिले देखि नै तयारी शुरु गरिसकेका छन्। दुवै क्लबका अधिकारीहरुले हालाण्डका पिता देखि एजेन्ट सम्मलाई भेटिसकेको खबर आउने गरेको छ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८२०:४९

पिएसजीसँग रियलले लियो बदला, बेन्जेमाको ह्याट्रिक !