मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो: हात्ती आयो, हात्ती आयो फुस्सा !

एजेन्सी – गत राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले स्पेनिस महारथी रियल म्याड्रिडका अगाडी घुँडा टेक्यो। च्याम्पियन्स लिग अन्तिम १६ मा जित निकालेपनि दोस्रो लेगको खेलमा भने पिएसजी हार्न पुग्यो।

बलमा रियल भन्दा बढी पकड बनाएपनि पिएसजीको तर्फबाट कम प्रहार भए। बलमा पिएसजीको ५६ प्रतिशत पकड थियो। तर पिएसजीको तर्फबाट मात्रै १० प्रहार भए। जबकी रियलले खेल भर २१ प्रहार गरेको थियो।

पहिलो हाफमा किलियन एम्बाप्पेको गोलमा अग्रता लिएपनि दोस्रो हाफमा रियलका करिम बेन्जेमाले पिएसजीलाई घुँडा टेक्न बाध्य पारे। बेन्जेमामा ह्याट्रिक पूरा गर्न २० मिनेट पनि लगाएनन्।

रियलसँग हारेसँगै पिएसजीको च्याम्पियन्स लिग जित्ने सपना एक पटक पुनः अधुरै रहने भएको छ। रियल विरुद्धको हारले पिएसजीको मात्र नभई मेस्सी, नेयमार र एम्बाप्पे जस्ता खेलाडीको पनि व्यक्तिगत सपनाहरु पूरा हुन नसक्ने भए।

मेस्सी एक पटक च्याम्पियन्स लिग जित्ने आशा बोकेर यसै सिजन पिएसजी आएका थिए। एम्बाप्पे पनि पिएसजीबाट च्याम्पियन्स लिग जित्न आतुर थिए। नेयमार पनि करियरको दोस्रो च्याम्पियन्स लिग जित्ने सपना देखिरहेका थिए।

हात्ती आयो, हात्ती आयो फुस्सा

लियोनेल मेस्सी बार्सिलोनाबाट यसै सिजन पिएसजी आउँदा पिएसजी युरोपकै उत्कृष्ट र बलियो क्लब हुने चर्चा थियो। धेरैले अब पिएसजीलाई कसैले रोक्न सक्दैन भन्ने टिप्पणी समेत गरेका थिए। तर धेरैको अपेक्षा विपरित पिएसजी कम्जोर देखियो। रियल विरुद्धको खेलमा नमिठो हार बेहोरेकोसँगै मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो एक हिसाबले फ्लप सावित भएको टिप्पणी गर्न थालिएको छ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८०९:१५

च्याम्पियन्स लिगबाट पिएसजी आउट भएपछि पोचेटिनो बर्खास्त ?