रियलसँग हारेपछि पोचेटिनोले भने – ‘हामी माथि अन्याय भयो’

एजेन्सी – फ्रेन्च क्लब पेरिस जर्मेन(पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनोले रियल म्याड्रिड विरुद्धको खेलमा धेरै अन्याय भएको बताएका छन्। रियल म्याड्रिडको घरेलु मैदानमा हार बेहोरेपछि पोचेटिनोले आफूहरु माथि अन्याय भएको बताएका हुन्।

खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै पोचेटिनोले रियलले गरेको पहिलो गोललाई मान्यता दिएर पिएसजी माथि अन्याय गरिएको बताए। करिम बेन्जेमाले पिएसजीका गोल किपर जियानुलइजी डोन्नररुम्मालाई फल गरेको पोचेटिनोको भनाई छ।

मार्को भेराट्टीको ब्याक पासमा गोलरक्षक जियानुलइजी डोन्नररुम्माले क्लियर गर्न नसकेको बललाई भिनिसियस जुनियरले दिएको पासमा बेन्जेमाले गोल गरेका थिए। तर सो गोललाई मान्यता दिन नहुने पोचेटिनोले बताए।

उनका अनुसार बेन्जेमाले स्पष्ट रुपमा फल गरेका थिए। उनले भने,”हामी माथि धेरै अन्याय भयो। त्यो फल थियो। बेन्जेमाले डोन्नररुम्मा माथि फल गरेको स्पष्ट थियो। फललाई नजर अन्दाज गरिँदा गोल भयो। त्यसपछि खेलको भावनात्मक अवस्था परिवर्तन भयो।”

पोचेटिनोले खेल भर पिएसजीले राम्रो खेलेको पनि बताए। त्यसक्रममा उनले गोलरक्षक डोन्नररुम्माको बचाऊ पनि गरे। बेन्जेमाले फल गरेका कारण डोन्नररुम्माले बल बचाउन नसकेको उनको भनाई छ। सबै कोणबाट हेर्दा बेन्जेमाले फल नै गरेको देखिएको पोचेटिनोले दावी गरे।

“यो डोन्नररुम्माको गल्ती थिएन, स्पष्ट रुपमा फल थियो। मैले यसलाई हरेक कोणबाट ३०-४० पटक हेरेको छु। यो गल्ती थिएन, यो फल नै थियो। भिएआरले समेत यो निर्णायक फल देखेन।”,उनले भने।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८०९:०७

मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो: हात्ती आयो, हात्ती आयो फुस्सा !