आज चैत्र २ गते बुधबार,अनुकुल-प्रतिकुल कस्तो रहला तपाईको दिन ? हेर्नुहोस राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन अनुकूल रहनेछ। तपाई तन-मनबाट स्वस्थ भएर काम गर्नुहुनेछ। जसकारण तपाईको कार्यमा उत्साह एवम् उर्जा अनुभव गर्नुहुनेछ। परिवारसँग आनन्द वा उल्लासमा समय बित्नेछ। आमाबाट लाभ होला। मित्र एवम् आफन्तको घरको वातावरणको कारण प्रफुल्लित रहनुहुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सावधान रहनुहोला। हुनेवाला घटनाबाट चिन्तित रहनुहुनेछ। स्वास्थ्य खराब हुँदा आँखामा  समस्या हुन सक्ला। आफन्त एवम्  परिवारसँग  विरोध एवम् रूखोपनको सामना गर्नुपर्नेछ। सुरु गरिएको कार्य अपुरो होला। दुर्घटना हुन सक्छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन लाभदायी छ। अविवाहितले योग्य जीवनसाथी प्राप्त गर्नेछन्। धन प्राप्तिको लागि शुभ दिन रहेको छ। मित्रसँग अचानक भेट हुँदा आनन्द महसुस गर्नुहुनेछ। परिवारसँग पुत्र, भाई एवम् श्रीमतीबाट लाभ होला। स्त्री मित्रबाट लाभ होला। व्यापार वा रोजगारमा लाभ मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन सानुकूल छ। हरेक काम सरलतापुर्वक सम्पन्न होला। पेसामा उच्च पदाधिकारी खुशी रहनुहुनेछ। पदोन्नति हुने योग छ। उच्च अधिकारीसँग महत्वपूर्ण कुरामा चर्चा हुनेछ। घरको सजावटमा रुची लिएर  केहि नयाँ गर्नुहुनेछ। कार्य सन्दर्भमा बाहिर जानुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन मध्यम फलदायी छ। पूर्वनिर्धारित काम तर्फ प्रयास गर्नुहुनेछ। व्यवहार न्यायपूर्ण रहला। धार्मिक एवम् मांगलिक कार्यमा व्यस्त  रहनुहुनेछ। धार्मिक घुमफिर हुन सक्छ। विदेशमा बस्ने आफन्तको  समाचार मिल्नेछ। सन्तान एवम व्यापारको समस्याको कारण मन अशान्त रहला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको दिन कुनै नयाँ कार्यको प्रराम्भ गर्नको लागि योग्य रहेको छ। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। तपाईमा अधिक मात्रामा रिस रहनेछ। परिवारसँग उग्र चर्चाको कारण मनमुटाव नहोस्  यस कुराको ध्यान राख्नुहोला। पानीबाट टाढा रहनुहोला। अधिक खर्च नगर्नुहोला। राज्य तथा सरकार विरोधी प्रवृतिबाट टाढा रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन आनन्दमा बित्नेछ। प्रियतमसँगको संगतको आनन्द मिल्नेछ। मित्र एवम् आफन्तसँग घुमफिर हुनेछ। नयाँ कपडा खरिद गर्नुहुनेछ। तन-मनको तंदुरस्तीले राम्रो अनुभव गर्नुहुनेछ। मान –सम्मान मिल्नेछ। राम्रो भोजन एवम् वैवाहिक सुखको अनुभूति हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

घरमा  सुखशान्ति र आनन्दको माहोल रहला। शारीरिक एवम् मानसिक स्वास्थ्य स्वस्थ रहनुहुनेछ। पैसा जरूरी वस्तुमा खर्च होला। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार होला। प्रतिस्पर्धी  तथा शत्रुबाट विजय प्राप्त होला। स्त्री मित्रसँग भेट होला। माईतबाट समाचार प्राप्त होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको दिन मध्यम फलदायी छ। विधार्थीको अभ्यासमा सफलता मिल्न सक्छ। नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। आर्थिक आयोजनको लागि अनुकुल दिन रहेको छ। परिश्रम फलदायी सिद्ध होला। सकेसम्म यात्रा नगर्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको  मनमा उदासीनता छाईरहला। शरीरमा उर्जा तथा मनमा प्रफुल्लितताको अभाव रहला। परिवारसँग तनावको प्रसंग बन्नाले घरको वातावरण कलुषित रहनेछ। तपाईको स्वभिमान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला। धनहानिको योग छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मानसिक रुपले हल्कापन महसूस गर्नुहुनेछ। तपाईको मनमा छाएको चिन्ताको बादल हटनाले उत्साह  वृद्धि हुनेछ। मित्र र आफन्तसँग भेट हुनेछ। घरको नजिक घुम्ने कार्यक्रम बन्न सक्छ। प्रतिस्पर्धिसँग  विजय प्राप्त हुनेछ। भाग्य वृद्धि होला। वैवाहिक  आनन्द अनुभूति हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको खर्च हुन सक्ला। मानसिक दु:ख हुन सक्ला। पैसाको लेन-देनमा सावधानी रहनुहोला।  शारीरिक तथा मानसिक स्वास्थ्य मध्यम रहला। परिवारसँग मनमुटाव हुन सक्ला। नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८२१:३८

भोलि होली पर्व, यी ५ राशिका मानिस हुनेछन् मालामाल !