हरेक मानिसले सपना देख्छ। कतिपय सपनाहरु याद रहन्छन् र कोही भुल्छन् तर हरेक सपनाको अर्थ हुन्छ। सपना शुभ र अशुभ दुबै प्रकारका हुन्छन्। सपनामा केही यस्ता कुराहरु आउँछन् जसलाई अशुभ मानिन्छ। कतिपय सपना यस्ता हुन्छन् जुन मानिसको निन्द्रामा बारम्बार रूपमा आउँछन्। केही सपनाहरू जो नियमित रूपमा आउँछन् एक व्यक्तिको लागि चेतावनीको रूपमा काम गर्दछन्।

बच्चा – सपनामा बच्चा देख्नुको धेरै अर्थहरू छन्। सपनामा रोइरहेको बच्चा देख्नु भनेको तपाईंको जीवन निराशामा परिणत हुन सक्छ। यसले तपाईंको प्रेम जीवनमा विवादको संकेत गर्न सक्छ।

सपनामा आफैं लुकेको देख्नु – सपनामा आफूलाई कुनै वस्तुको पछाडि लुकेको देख्नु अशुभ संकेत हो। यो सपना करियरको सन्दर्भमा नकारात्मक मानिन्छ। यो सपनाले भविष्यमा तपाईंलाई भयानक आर्थिक संकटको सामना गर्नु पर्नेछ भन्ने संकेत गर्दछ।

कपडा – सपना शास्त्रका अनुसार कपडाको सपना देख्नुको पनि विभिन्न अर्थ हुन सक्छ। यदि तपाईं आफ्नो लुगा सुकाउँदै हुनुहुन्छ भने यसले परिवर्तनको संकेत गर्छ। सपनामा फाटेको लुगा देख्नुको अर्थ प्रेम जीवनमा झगडाको सामना गर्नुपर्ने हुनसक्छ।

आफूलाई उचाइबाट खसेको देख्नु – यस्तो सपनाले धेरै अशुभ घटनाहरूको संकेत गर्दछ। यसले कुनै रोग, धन हानि वा इज्जत हानिको संकेत गर्दछ।

सपनामा जुलुस देख्नु – सपनामा जुलुस देख्नुको अर्थ जीवनमा केही समस्या आउनेछ।

