“बालोन डी’ओर जित्ने हो भने एम्बाप्पे पिएसजीमै बस्नुपर्छ”

एजेन्सी – फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) का अध्यक्ष नोएल ले ग्रेटले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई फ्रान्समै रहन आग्रह गरेका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा ग्रेटले एम्बाप्पेलाई फ्रेन्च लिग वानमै रहेर आफ्नो करियरलाई अगाडी बढाउन सुझाव दिएका हुन्।

ओएस्ट-फ्रान्ससँग कुराकानी गर्नेक्रममा ग्रेटले एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी)मै रहुन भन्ने आफूले चाहेको बताए। विश्वकै उत्कृष्ट खेलाडी एम्बाप्पे पिएसजीमै बसेको खण्डमा फ्रान्सेली फुटबललाई पनि फाइदा पुग्ने उनको भनाई छ। अन्तर्वार्ताका क्रममा ग्रेटले पिएसजी बसे एम्बाप्पेले बालोन डी’ओर जित्ने सम्भावना बढ्ने बताउन पनि छुटाएनन्।

“म किलियन पेरिस सेन्ट जर्मेन(पिएसजी)मै बसुन् भन्ने चाहन्छु। एम्बाप्पे जस्तो विश्वकै उत्कृष्ट खेलाडी पिएसजीमा बस्दा समग्रमा फ्रान्सेली फुटबललाई पनि फाइदा हुन्छ।”,ग्रेटले भने।

ग्रेटले क्लब र लिग परिवर्तन गर्दा एम्बाप्पेलाई गार्हो हुने पनि बताए। उनका अनुसार नयाँ क्लबको वातावरणमा घुलमिल हुन समय लाग्न सक्ने भएका कारण पनि एम्बाप्पेले क्लब परिवर्तन गर्न तर्फ लाग्नु हुँदैन। हारको शृंखलाबाट गुज्रिरहेपनि पिएसजी उत्कृष्ट क्लब रहेको उनको भनाई छ।

उनले भने,”अन्य ठाउँमा भन्दा पिएसजीमा रहँदा एम्बाप्पेले बालोन डी’ओर जित्ने सम्भावना बढी हुन्छ। साथै अर्को कुरा क्लब परिवर्तन गर्दा नयाँ वातावरणमा घुलमिल हुन पनि समय लाग्छ। हारको शृंखलाबाट गुज्रिरहेपनि पिएसजी उत्कृष्ट क्लब हो।”

प्रकाशित : बिहिबार, चैत १०, २०७८०९:०८

बार्सिलोनाका लागि खुसीको खबर, क्लबका नम्बर १० फाती छिट्टै फिर्ता हुँदै ! कहिले ?