बार्सिलोनाको प्रस्ताव गाभी र अराउजोद्वारा अस्विकार, बार्सिलोनामा खैला-बैला !

एजेन्सी – बार्सिलोनालाई राम्रोसँग थाहा छ कि गाभि र रोनाल्ड अराउजो आगामी वर्षहरूमा कत्तिको महत्त्वपूर्ण हुन सक्छन्। युवा अवस्थामै राम्रो प्रदर्शन गरिरहेका यी दुई खेलाडी आउने वर्षहरुमा झनै राम्रो हुँदै जाने बार्सिलोनाले राम्रोसँग बुझेको छ। यहि भएर त बार्सिलोनाले यी दुई खेलाडीलाई आफ्नो दिर्घकालिन योजनामा राख्न चाहेको छ।

बाहिर आएका खबर अनुसार बार्सिलोनाले दुवै खेलाडीसँग दिर्घकालिन सम्झौता गर्ने प्रयास गरिरहेको छ। तर बार्सिलोनाले हालसालै गरेको प्रस्तावलाई भने दुवै खेलाडीले अस्विकार गरेका छन्।

बार्सिलोनाको तर्फबाट भएको नयाँ प्रस्तावलाई दुवै खेलाडीले रिजेक्ट गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ। मार्काका अनुसार बार्सिलोनाले गरेको प्रस्ताव दुवै खेलाडीका लागि पर्याप्त भएन। बार्सिलोनाले दिन चाहिरहेको पारिश्रमिक दुवै खेलाडीलाई चित्त नबुझेको बताइन्छ।

दुवैले सम्झौता थपको प्रस्तावलाई रिजेक्ट गरेपछि बार्सिलोना ठूलो समस्यामा परेको छ। बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजको योजनाका महत्वपूर्ण हिस्सा रहेका दुई खेलाडीले सम्झौता थप गर्न नमानेपछि बार्सिलोनामा हलचल नै भएको छ।

दुवै खेलाडी माथि युरोपका अन्य ठूला क्लबहरुको पनि नजर रहेको छ। अराउजो माथि म्यानचेस्टर युनाइटेडको नजर रहेको मार्कको दावी छ। उनलाई भित्र्याउन चेल्सी पनि इच्छुक रहेको बताइन्छ। त्यस्तै गाभीमा भने म्यानचेस्टर सिटी, लिभरपुल, बायर्न म्युनिख जस्ता क्लबहरुको नजर रहेको छ।

अराउजो र गाभी दुवैको सम्झौता सन् २०२३ मा सकिँदै छ। सम्झौता थप गर्न नमानेसँगै दुवै खेलाडी फ्री ट्रान्सफरमा बाहिरिन सक्ने डरले बार्सिलोनालाई दिन सम्म तनाव दिरहेको छ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८०९:०८

“बालोन डी’ओर जित्ने हो भने एम्बाप्पे पिएसजीमै बस्नुपर्छ”