लिभरपुललाई लाग्यो झड्का, जाभी देखेर बार्सिलोना जान तयार भए राफिना !

एजेन्सी – ब्राजिलियन विङ्गर राफिना बार्सिलोना जान तयार भएका छन्। हाल प्रिमियर लिग क्लब लिड्स युनाइटेडमा रहेका राफिना आउने ट्रान्सफर विन्डोमा बार्सिलोना जान तयार भएका हुन्।

राफिना बार्सिलोना जान चाहेको ट्रान्सफर मार्केटका जानकारी फाब्रिजियो रोमानोको दावी छ। ट्रान्सफर मार्केट बारे राम्रो जानकारी राख्ने रोमानोका अनुसार राफिना आउने ट्रान्सफर विन्डोमै बार्सिलोना जानेछन्।

बार्सिलोना र राफिनाका प्रतिनिधिहरु बीच छलफल समेत भइसकेको छ। बार्सिलोनाका अधिकारीहरुले राफिनाका एजेन्टलाई भेटेको खबर समेत आएका छन्। उनका एजेन्टलाई भेटेर बार्सिलोनाका अधिकारीहरुले ३५ मिलियन युरोको प्रस्ताव राखेको स्पेनिस मिडियाहरुको दावी छ। राफिनालाई पाँच वर्षका लागि अनुबन्ध गर्ने बार्सिलोनाको चाहना छ।

राफिना सन् २०२० मा रेनेसबाट लिड्स आएका थिए। लिड्सले उनलाई भित्र्याउन २० मिलियन युरो खर्च गरेको थियो। लिड्स आएयता उनले ५९ खेलमा १५ गोल गरेका छन् भने १२ असिस्ट दिएका छन्। प्रिमियर लिग पुगेयता नै उनले युरोपका ठूला क्लबहरुको ध्यान तानिरहेका छन्।

बार्सिलोनाका आलावा उनलाई प्रिमियर लिग क्लब लिभरपुलले पनि भित्र्याउन चाहेको छ। तर राफिना भित्र्याउने दौडमा बार्सिलोनाको अगाडी लिभरपुल पछि पर्ने भएको छ। रोमानोका अनुसार प्रतिवन्ध लाग्नु अगाडी अर्को प्रिमियर लिग क्लब चेल्सी पनि राफिना भित्र्याउने दौडमा थियो। तर सो दौडबाट चेल्सी भने पछि हटिसकेको छ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८०९:०८

पोग्बालाई सित्तैमा उछिट्याउने दाउमा धेरै क्लब, रियल र पिएसजी बीच घमासान !