बेलले ढाड दुखेको निहु पारेपछि …

एजेन्सी – रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज ग्यारेथ बेलसँग नराम्ररी रिसाएका छन्। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार बेलको व्यवहारका कारण पेरेज नराम्रोसँग रिसाएका हुन्। बेलको पछिल्लो व्यवहारबाट पेरेज दिक्क भएका छन् र उनले बेलको सम्बन्धमा कार्लो एन्सेलोटीलाई कडा निर्देशन दिएका छन्।

बेललाई कहिले पनि नखेलाउन पेरेजको कडा निर्देशन रहेको स्पेनिस मिडियाहरु बताउँछन्। पेरेजको सो निर्देशनसँगै बेलले अब रियलबाट कहिले पनि खेल्न नपाउने स्पेनिस मिडिया एल नेशनलले जनाएको छ।

भएको के हो ?

केहि दिन अगाडी मात्रै रियल एल क्लासिकोमा बार्सिलोनासँग पराजित भयो। सो खेलका लागि बेल उपलब्ध थिएनन्। खेलपछि एन्सेलोटीले बेल ढाड दुखेका कारण खेल्न नसकेको बताएका थिए। बार्सिलोना विरुद्ध ढाडमा समस्या देखिएको भनिएको केहि दिन नबित्दै बेल रियल छाडेर विश्वकप छनौटका लागि राष्ट्रिय टोलीमा फर्किए। बेलको सो व्यवहारसँगै पेरेज रिसाउन सम्म रिसाएका छन् र उनले बेललाई सिजनका बाँकी सबै खेलमा बेन्चमा सिमित राख्न निर्देशन दिएका छन्।

यस सिजन बेल रियलका चार खेलमा मात्रै देखा परेका छन्। यस सिजन उनले मैदानमा मात्र २ सय ७० मिनेट बिताएका छन्। पेरेजको निर्देशन अनुसार बेलले रियलका लागि अन्तिम खेल खेलिसकेका छन्।

बेल सन् २०१३ मा कीर्तिमानी रकममा टोटेनह्यामबाट रियल आएका थिए। अहिले सम्म उनले रियलका लागि कुल २ सय ५६ खेल खेलेका छन्। जसमा उनले १ सय ६ गोल गरेका छन् भने ६७ असिस्ट दिएका छन्।

प्रकाशित : बिहिबार, चैत १०, २०७८०९:०८

लिभरपुललाई लाग्यो झड्का, जाभी देखेर बार्सिलोना जान तयार भए राफिना !