के आज टर्की विरुद्ध पोर्चुगलबाट खेल्न पाउलान् रोनाल्डोले ?

बिहीबार फिफा विश्वकप प्लेअफको सेमिफाइनलमा पोर्चुगलले टर्कीसँग खेल्दा क्रिस्टियानो रोनाल्डोले सुरुवात गर्ने अपेक्षा गरिएको छ। ३७ वर्षीय फरवार्ड लगातार पाँचौं विश्वकप खेल्न इच्छुक छन्।

युरो २०१६ च्याम्पियन आफ्नो समूहको शीर्ष स्थानमा रहन असफल भएपछि प्लेअफ खेल्ने बाध्य भएका हुन्। सेलेकाओ आफ्नो समूहमा दोस्रो स्थानमा रहँदै कतारमा हुने विश्वकपमा छनोट भएको सर्बियाभन्दा तीन अंकले पछि परेको थियो। पोर्चुगलले यस वर्षको अन्त्यमा विश्वकपमा स्थान पक्का गर्न अबका दुई खेल जित्नुपर्नेछ। पहिलो खेल पोर्टोको एस्टाडियो डो ड्रगाओमा टर्कीसँग आज राति हुनेछ। यो टाईको विजेताले विश्वकपमा छनोट हुन नर्थ म्यासेडोनिया वा इटालीसँग खेल्नेछ।

टर्कीविरुद्ध पोर्चुगल आक्रमणको नेतृत्व क्रिस्टियानो रोनाल्डोले गर्ने अपेक्षा गरिएको छ। पाँच पटकको बालोन डी’ओर विजेता डियोगो जोटा, जोआओ फेलिक्स वा बर्नाडो सिल्भासँग आक्रमणमा पार्टनर हुन सक्छन्। यो उल्लेख गर्न योग्य छ कि रोनाल्डोले अहिलेसम्म एक पटक पनि टर्की विरुद्ध गोल गर्न सफल भएका छैनन्। पोर्चुगिज फरवार्डले आफ्नो करियरमा दुई पटक उनीहरूसँग सामना गरेका छन् तर गोल गर्न भने असफल भएका छन्। रोनाल्डोले आफ्नो राष्ट्रिय टोलीलाई कतारमा पुग्न मद्दत गर्न यसलाई परिवर्तन गर्न खोज्नेछन्।

रोनाल्डोको समूह चरणमा निकै उत्कृष्ट प्रदर्शन रहेको थियो। म्यानचेस्टर युनाइटेडका फरवार्डले यस वर्षको सुरुमा लक्जमबर्गविरुद्ध ह्याट्रिक सहित समूह चरणमा ६ गोल गरेका थिए। उनले रिपब्लिक अफ आयरल्याण्ड विरुद्ध दुई ढिलो गोल गर्दै पोर्चुगललाई २-१ को पुनरागमन जित दिलाएका थिए। यो खेल नेपाली समय अनुसार आज राति १:३० बाट सुरु हुनेछ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१२:३१

चोट र प्रतिबन्ध बन्न सक्छ रोनाल्डो र विश्वकप बीचको भिलेन !