“मेस्सीले पिएसजी छाडे सबैको भलो हुन्छ”

एजेन्सी – पूर्व फ्रेन्च फुटबल खेलाडी जेरोम रोथेनले पेरिस सेन्ट जर्मेन(पिएसजी)का सुपरस्टार लियोनेल मेस्सीलाई क्लब छाडेर अन्यत्र जान सुझाव दिएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रोथेनले मेस्सीलाई पिएसजी छाड्न सुझाव दिएका हुन्।

आरएमसी स्पोर्ट्सलाई अन्तर्वार्ता दिनेक्रममा रोथेनले मेस्सी पिएसजीबाट जाँदै नै राम्रो हुने बताए। मेस्सीले पिएसजी छाड्दा सबैलाई राम्रो हुने रोथेनको भनाई छ। त्यसक्रममा रोथेनले अर्जेन्टिनाबाट १० दिन राम्रो खेल्दैमा मेस्सीले राम्रो खेले भन्न नमिल्ने बताउन पनि छुटाएनन्।

“के उनको अर्जेन्टिनासँगको १० दिनले पीएसजीसँगको बाँकी सिजन राम्रो बनाउन सक्छ? पक्कै सक्दैन। यसमा मलाई शंका छ।”,रोथेनले भने,”मलाई लाग्छ कि सबैको भलाईको लागि उनले यो जुनमा क्लब छाड्नुपर्छ।”

जेरोम रोथेनले मेस्सीको आलोचना गरेको यो पहिलो पटक भने होइन। यस भन्दा अगाडी देखि नै उनी मेस्सीको आलोचना गर्दै आएका छन्। यस भन्दा अगडी उनले पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएपछि मेस्सीको गर्न सम्म आलोचना गरेका थिए।

यसै सिजन बार्सिलोनाबाट पिएसजी आएका मेस्सी अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। मेस्सीले पिएसजीका लागि कुल २६ खेल खेलेका छन्। यस बीचमा उनले मात्रै ७ गोल गरेका छन् भने ११ असिस्ट दिएका छन्।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१७:५६

विश्वकप छनोटमा पोर्चुगलको सहज जित, विश्वकप खेल्न अब एक खेल मात्र बाँकी !