बेलले देखाए जादू, वेल्स विश्वकप छनौट प्ले अफको फाइनलमा !

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेलको दुई गोल सहयोगमा वेल्सले फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको सेमिफाइनलमा अष्ट्रियालाई पराजित गर्दै विश्वकपको छनोट नजिक पुगेको छ ।

कार्डिफ सिटीमा बिहीबार राति भएको खेलमा वेल्सले अष्ट्रियालाई २–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो । खेलको २५औं मिनेटमा बेलले फ्रिकिकमा सिधै गोल गर्दै वेल्सलाई १–० को अग्रता दिलाए । ५१औं मिनेटमा विन डाभिसको पासमा बेलले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै वेल्सको अग्रता दोब्बर पारे ।

रियल म्याड्रिडमा विरलै अवसर पाएका बेलले राष्ट्रिय टोलीबाट भने पहिलो रोजाईमा खेल्दै गोल गर्न सफल भएका हुन् । ६४औं मिनेटमा मार्सल सवित्जरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा खेल वेल्सले आफ्नो पक्षमा पार्न सफल भयो ।

प्ले अफकै सेमिफाइनलको अर्काे खेलमा स्वीडेनले अतिरिक्त समयमा चेक रिपब्लिकलाई १–० ले पराजित गरेको छ । स्वीडेनको जितमा रोविन क्वाइसनले ११०औं मिनेटमा गोल गरे ।

अब प्ले अफको फाइनलमा पोल्यान्ड र स्वीडेन, पोर्चुगल रनर्थ म्यासेडोनिया तथा वेल्स र स्कटल्यान्ड र युक्रेनबीचको विजेताबीच प्रतिस्पर्धा हुनेछ । स्कटल्यान्ड र युक्रेनबीचको खेल स्थगित छ ।

अन्य नजिता
इटालीविरुद्ध नर्थ म्यासेडोनिया (०–१), पोर्चुगलविरुद्ध टर्की (३–१), स्वीडेनविरुद्ध चेक रिपब्लिक (१–०) अतिरिक्त समय

प्रकाशित : शुक्रबार, चैत ११, २०७८०८:४९

बेलले गरे करियरकै उत्कृष्ट फ्रिकिक गोल, हेर्नुहोस् भिडियोमा !