बेलले गरे करियरकै उत्कृष्ट फ्रिकिक गोल, हेर्नुहोस् भिडियोमा !

एजेन्सी – रियल म्याड्रिडमा खासै मौका पाउन नसकिरहेका ग्यारेथ बेलले फिफा विश्वकप २०२२ छनौटको प्ले अफमा उत्कृष्ट प्रदर्शन गरेका छन्। कार्डिफ सिटीमा बिहीबार राति अष्ट्रिया विरुद्ध भएको खेलमा बेलले उत्कृष्ट प्रदर्शन गरेका हुन्।

खेलमा बेलले दुई गोल गरेसँगै वेल्सले अष्ट्रिया विरुद्धको २-१ को जित निकाल्यो। खेलको २५औं मिनेटमा बेलले फ्रिकिकमा सिधै गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए।

बेलले २५ यार्ड परबाट प्रहार गरेको फ्रिकिकले सिधै गोलपोस्ट चुम्यो। बेलले अष्ट्रियन खेलाडीहरुको वाल माथिबाट बललाई सिधै गोलपोस्ट तर्फ पठाए। बल माथिल्लो कुनाबाट गोलपोस्ट प्रवेश गर्दा अष्ट्रियाका गोलरक्षकले केहि गर्न सकेनन्।

फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि बेलले खुलेर खुसीयाली बनाए। कार्डिफमा क्लबका लागि खासै काम नआएपनि आफ्नो देशको लागि उनी कति महत्वपूर्ण छन् भनेर एकपटक पुनः प्रमाणित गरे। अष्ट्रिया विरुद्धको सो फ्रिकिक गोल बेलको करियरकै उत्कृष्ट फ्रिकिक गोल मध्येको एक थियो।

त्यति मात्रै होइन बेलले ५१औं मिनेटमा विन डाभिसको पासमा बेलले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे। ६४औं मिनेटमा मार्सल सवित्जरले गोल गर्दै अष्ट्रियालाई खेलमा फर्काए पनि थप गोल हुन सकेनन्। प्लेअफको फाइनलमा स्कटल्यान्ड र युक्रेन मध्ये एकको सामना गर्नेछ।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८०९:०२

विश्वकप प्लेअफको फाइनल पुगेपछि रोनाल्डोले भने – ‘केहि जितेका छैनौँ, केहि हाँसिल गरेका छैनौँ’