विश्वकप प्लेअफको फाइनल पुगेपछि रोनाल्डोले भने – ‘केहि जितेका छैनौँ, केहि हाँसिल गरेका छैनौँ’

एजेन्सी – पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपका लागि छनौट हुन सबै एक भएर अगाडी बढ्नु पर्ने बताएका छन्। फिफा विश्वकप २०२२ अन्तर्गतको प्ले अफको सेमिफाइनलमा टर्कीलाई पराजित गरेपछि रोनाल्डोले यस्तो बताएका हुन्।

सामाजिक संजाल मार्फत एक सन्देश जारी गर्दै रोनाल्डोले महान् लक्ष्य तर्फ पहिलो कदम चालिएको र केहि पनि हाँसिल भइनसकेको बताए। विश्वकपका लागि छनौट हुने लक्ष्य तर्फ एक कदम मात्र अगाडी बढिएको रोनाल्डोको भनाई छ।

“महान् लक्ष्य, विश्वकप २०२२ तर्फ पहिलो कदम चालिएको छ। तर हामीले केहि जितेका छैनौँ, केहि हाँसिल गरिसकेका गरेका छैनौँ।”,रोनाल्डोले सामाजिक संजाल मार्फत भनेका छन्।

पोर्चुगलले प्ले अफको फाइनलमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्दैछ। नर्थ म्यासेडोनियाले बिहीबार राति नै युरो २०२० को च्याम्पियन इटालीलाई हराएको हो। सो खेललाई ध्यानमा राखेर तयारी गर्नुपर्ने र आफ्नो क्षमतालाई विश्वास गरेर अगाडी बढ्नुपर्ने पनि रोनाल्डोले सामाजिक संजालमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्,”हामीले गम्भीर भएर काम गर्दै जानुपर्नेछ, आफ्नो क्षमतालाई विश्वास गरेर अगाडी बढ्नुपर्नेछ। साथै हामीले प्रतिद्वन्द्वीलाई सम्मान पनि गर्नुपर्नेछ।”

प्ले अफको सेमिफाइनलमा सहज जित निकाल्दै पोर्चुगल विश्वकपको छनोट नजिक पुगेको छ । पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो। पोर्टोेमा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले गोल गरे । टर्कीका बुराक यिल्माजले एक गोल फर्काए।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८०९:१७

ब्राजिलको अपराजित यात्रा कायमै, चार खेलाडीले गरे गोल !