कतार विश्वकपमा कुन-कुन राष्ट्र भइसके छनोट ?

कतार २०२२ विश्वकपका लागि १७ टोली पहिले नै छनोट भइसकेका छन् भने यस अन्तर्राष्ट्रिय ब्रेक सकिँदा सम्म प्रतियोगिताको लागि छनोट हुने सबै टोलीको टुंगो लाग्नेछ।

साउदी अरेबिया र जापान बिहीबार बिहान आधिकारिक रूपमा विश्वकपका लागि छनोट भपछि युरोप, CONMEBOL, CONCACAF र अफ्रिकाका टोलीहरू अब मार्च अन्तर्राष्ट्रिय ब्रेकको अन्त्यसम्म छनोट हुने लडाईमा रहेका छन्। अहिलेको लागि, कतार (आयोजकको रूपमा) यस विन्टरमा हुने २०२२ विश्वकपको लागि पहिले नै छनोट भइसकेका टोलीहरूको सूचीको शीर्षमा छ। उनीहरु सिडेड टोली हुनेछन् भने बाँकी फिफा वरीयतामा निर्भर हुनेछ।

कतार विश्वकपका लागि टिकेट पक्का गरिसकेका राष्ट्र यस प्रकार छन्:- 

कतार
जर्मनी
डेनमार्क
ब्राजिल
फ्रान्स
बेल्जियम
क्रोएसिया
स्पेन
सर्बिया
इंग्ल्याण्ड
स्विट्जरल्याण्ड
नेदरल्यान्ड्स
क्यानडा
अर्जेन्टिना
इक्वेडर
उरुग्वे
इरान
दक्षिण कोरिया
जापान
साउदी अरेबिया

प्रत्येक संघमा मुख्य खेलहरू कहिले हुन्छन्? 

युरोप 

वेल्स २-१ अस्ट्रिया
इटाली ०-१ उत्तरी म्यासेडोनिया
पोर्चुगल ३-१ टर्की
स्वीडेन १-० चेक गणतन्त्र
स्कटल्याण्ड – युक्रेन (स्थगित)
रूस – पोल्याण्ड: पोल्याण्ड गणितीय रूपमा प्ले अफ फाइनलको लागि छनोट

प्रत्येक समूहका विजेताहरूले प्लेअफमा स्थानको लागि अर्को मंगलबार, मार्च २९ खेल्नेछन्।

यी हुन् UEFA ले निकालेको ड्र 

पोल्याण्ड विरुद्ध स्वीडेन
स्कटल्याण्ड विरुद्ध युक्रेन / वेल्स
उत्तरी म्यासेडोनिया विरुद्ध पोर्चुगल

दक्षिण अमेरिका 

ब्राजिल ४-० ले चिली
कोलम्बिया ३-० बोलिभिया
पाराग्वे ३-१ इक्वेडर
उरुग्वे १-० पेरु
अर्जेन्टिना – भेनेजुएला (१२:३० CET, मार्च २६)

ब्राजिल र अर्जेन्टिनाले पहिले नै छनोट भइसकेका थिए, इक्वेडर र उरुग्वेले बिहीबार आफ्नो टिकट पक्का गरे भने पेरुले कम्तिमा प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न सक्छ।

उत्तर अमेरिका 

जमैका १-१ एल साल्भाडोर
पानामा १-१ होन्डुरस
मेक्सिको ०-०  संयुक्त राज्य अमेरिका
कोस्टारिका १-० क्यानडा

क्यानडाले कोस्टारिकासँग बराबरी खेल्यो भने इतिहासकै दोस्रो विश्वकप खेल्नेछ।  या त मेक्सिको वा संयुक्त राज्य अमेरिकाले जितसँगै आफ्नो यात्रा पक्का गर्न सक्छन्।

अफ्रिका 

डीआर कङ्गो – मोरक्को (१६:०० CET, मार्च २५)
क्यामरुन – अल्जेरिया (१८:०० CET, मार्च २५)
माली – ट्युनिसिया (१८:०० CET, मार्च २५)
इजिप्ट – सेनेगल (२०:३० CET, मार्च २५)
घाना – नाइजेरिया (२०:३० CET, मार्च २५)

एशिया 

दक्षिण कोरिया, इरान, जापान र साउदी अरेबिया यसअघि नै छनोट भइसकेका छन्।  अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्सले अन्तरमहादेशीय प्लेअफमा एसियाको प्रतिनिधित्व गर्नको लागि प्लेअफ खेल्नेछ र तिनीहरूको प्रतिद्वन्द्वी CONMEBOL बाट पाँचौं स्थानको टोली हुनेछ।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८११:१८

रियल म्याड्रिड र एम्बाप्पेको बीचमा आयो बार्सिलोना, एम्बाप्पे हाइज्याक गर्ने मुडमा बार्सा !