रियल म्याड्रिड र एम्बाप्पेको बीचमा आयो बार्सिलोना, एम्बाप्पे हाइज्याक गर्ने मुडमा बार्सा !

यो सुन्दा धेरैले विश्वास नगर्न पनि सक्छन् तर पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार किलियन एम्बाप्पेलाई रियल म्याड्रिडसँग अनुबन्ध हुनबाट रोक्न नयाँ क्लबको इन्ट्री भएको छ। एर्लिङ हल्यान्ड र फ्रान्सेली स्टार दुबैका लागि जाने ‘लस ब्लान्कोस’ को योजनाका बारेमा चर्चा चल्दै गर्दा एल’इक्विपले हालै मात्र गरेको रिपोर्ट अनुसार बार्सिलोना अध्यक्ष जोआन लापोर्टाले किलियाना एमबाप्पेलाई एफसी बार्सिलोनामा ल्याउनका लागि आफूले सक्दो गर्न थालेका छन्।

यद्यपि पीएसजी स्टारको सपना रियल म्याड्रिडको खेलाडी बन्ने रहेको छ, ब्लाउग्रानाको नजरमा पूर्व मोनाको स्टारलाई फ्लोरेन्टिनो पेरेजको नाक मुनिबाट उच्छिट्याउले झिनो मौका भने रहेको छ। र यदि बार्सिलोनाले एम्बाप्पे अनुबन्ध गर्न सकेन भने कमसेकम रियल म्याड्रिडसँग अनुबन्ध हुने समय लम्ब्याउन सक्छ जुन समयसम्म क्याटालान क्लबले हालाण्ड अनुबन्ध गर्न सही बाटो फेला पार्न सक्छ। एल’इक्विपका अनुसार लापोर्टाले एम्बाप्पेलाईइ अन्तिम-मिनेट प्रस्ताव गर्ने निर्णय गरेका छन् जसले उनलाई आफ्नो मन परिवर्तन गर्न मनाउन सक्छ।

यस रिपोर्टका अनुसार, लापोर्टा विश्वस्त छन् कि गोल्डम्यान साक्सको ऋण र स्पटिफाईसँगको नयाँ प्रायोजन सम्झौताले कुनै पनि खेलाडीलाई मनाउन सक्ने भिन्नता ल्याउन सक्छ। साथै, जाभिको अन्डरमा क्लबको भर्खरैको पुनरुत्थान महान खेलाडीहरूको लागि क्याटलान क्लबमा स्थानान्तरणको लागि छनौट गर्ने अर्को कारण बनेको छ।

बार्सिलोनाले एम्बाप्पेका लागि प्रस्ताव गर्नुको कारण खेलाडीको ट्रान्सफर शुल्क पनि हुनसक्छ। एम्बाप्पे आउँदो समयबाट फ्री-एजेन्ट हुनेछन्। एम्बाप्पे फ्री-एजेन्ट भएकै कारण बार्सिलोनाले पीएसजीलाई कुनै पैसा दिनुपर्ने छैन, मात्र खेलाडीको पारिश्रमिक तथा परिवारका सदस्यलाई केही बोनस दिनुपर्नेछ। अर्कोतर्फ, एर्लिङ हालान्डको प्रतिनिधित्व मिनो राइओलाले गरेका छन्, जसले लापोर्टाले खर्च गर्न नसक्ने ७५ मिलियन शुल्कको माग गरिरहेका छन्।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८१३:२३

पीएसजीसँग हावा खाएका मेस्सीले आज अर्जेन्टिनाबाट खेल्न पाउलान् ?