पेड्रिले भने-“रियल म्याड्रिडले मलाई रिजेक्ट गरेको थियो, अब रेग्रेट हुँदै होला नि हैन”

बार्सिलोनाका स्टार पेड्रिले आफ्नो किशोरावस्थामा रियल म्याड्रिडमा ट्रायलमा गएको खुलासा गरेका छन् भने आफूलाई स्पेनिस दिग्गजले उत्कृष्ट खेलाडी नभएको भन्दै रिजेक्ट गरेको बताएका छन्। पेड्रिले टोलीसँग तीन दिन प्रशिक्षण गरेका थिए र केही चीज फरक भएको भए उनी २०२० मा बार्सिलोना अनुबन्ध हुने थिएनन्।

“म त्यहाँ [रियल म्याड्रिडमा] गएँ र पिचहरूमा हिउँ परेकोले सुरुका केही दिन मैले तालिम लिन सकिन,” पेड्रिले एल पार्टिडाजो डे कोपलाई भने, “मैले तीन दिन तालिम लिएँ। उनीहरूले मलाई बी टोलीसँग तालिम लिन ल्याए, र अन्तमा उनीहरूले मलाई भने कि मसँग उच्च स्तरमा पुग्ने गुण छैन र उनीहरूले मलाई अगाडी लग्न सक्दैनन्।”

“सुरुमा, तपाईंलाई कतै अस्वीकार गरिएको मनपर्दैन, तर त्यसपछि यसले तपाईंलाई यो सोच्न उत्प्रेरित गर्छ कि यदि उनीहरूले तपाईंलाई चाहेनन् भने, अब तपाई कडा परिश्रम गर्नुपर्छ ताकि भविष्यमा केही ठूलो सफलता प्राप्त गर्न सकिन्छ,” उनले थपे, “अहिले म [बार्सिलोनामा] जहाँ हुन चाहन्थें त्यहिँ ठाउँमा छु। मलाई नो भनेका व्यक्तिलाई मैले कहिल्यै भेटेको छैन। मलाई याद छैन कि उनी को थिए। म उनलिई भन्छु कि अब म बार्सिलोनामा रमाइलो गरिरहेको छु।”

पेड्रि गत आइतबार रियल म्याड्रिडमा बार्सिलोनाको ४-० क्लासिको अवे खेलमा बार्सिलोनाको सुरुवाती ११ मा रहेका थिए। “जब तपाईं आफ्नो कट्टर प्रतिद्वन्द्वी विरुद्ध ४-० ले जित्नुहुन्छ भने तपाईं यसको उत्सव मनाउनु हेंछ किनभने तपाईंले ठूलो आनन्द पाउनुहुन्छ,” पेड्रिले थपे, “यो एक अविस्मरणीय खेल थियो, तर अब हामी [स्पेनिस] राष्ट्रिय टोलीमा छौं र हामी सबै एक टोली हौं। यहाँ हामी उस्तै देखिन्छौं र उस्तै हाँस्छौं। हामी यसमा संकोच गर्दैनौं। हामी एक टोली हौं र हामी एकसाथ जित्न चाहन्छौं।”

प्रकाशित : शुक्रबार, चैत ११, २०७८१७:३५

एम्बाप्पे भित्र्याउने दौडमा बार्सिलोनाको ‘इन्ट्री’, तर रियल ढुक्क !