हाजार्ड रियल आएपछि मात्रै १४ पटक घाइते भए, झन्डै डेढ वर्ष आराम गरेरै बिताए !

एजेन्सी – सन् २०१९ मा चेल्सी छाडेर रियल म्याड्रिड जाँदा इडेन हाजार्ड विश्वकै उत्कृष्ट खेलाडी मध्ये एक थिए। चेल्सीमा उनले जुन स्तरको खेल प्रदर्शन गरिरहेका थिए, त्यसको आधारमा धेरैले हाजार्डले रियलमा तहल्का मच्चाउने धेरैको अनुमान थियो।

तर रियल पुगेपछि उनलाई न त भाग्यले साथ दियो, न त शरीरले नै। रियल गएपछि हाजार्ड निरन्तर घाइते भए। रियलमा अधिकांश समय उनी घाइते भएरै बित्यो। रियल आएयता उनले समग्रमा प्रति सिजन २० खेल मात्र खेल्न सकेका छन्।

सन् २०१९-२० को सिजनमा उनले रियलका लागि २२ खेल मात्र खेल्न सकेका थिए। त्यस सिजन उनले रियलले खेलेका ४३ प्रतिशत मात्र खेलमा सहभागी हुन सकेका थिए। त्यस्तै उनले सन् २०२०-२१ मा २२ खेल मात्र खेल्न सके।

जारी सिजनमा उनले रियलका लागि मात्रै २२ खेल खेलेका छन्। यस बीचमा उनले मात्रै १ गोल गर्न सके। हाजार्ड अहिले आएर एक पटक पुनः घाइते भएका छन्। हाजार्डले कम्तीमा एक महिना गुमाउने बताइन्छ।

रियल आएयता मात्रै हाजार्ड १४ पटक घाइते भइसकेका छन्। घाइते भएका कारण उनले ५ सय २९ दिन गुमाएका छन्। यस हिसाबले चोटका कारण उनले झन्डै डेढ वर्ष आराम गरेर नै बिताए। रियल आएको पहिलो महिनामै घाइते भएयता उनी कयौं पटक घाइते भइसकेका छन्।

पहिलो पटक घाइते हुँदा नै उनले ८२ दिन आराम गर्न परेको थियो। दोस्रो पटक घाइते हुँदा त उनले १ सय ५ दिन नै मैदान बाहिर रहन पर्यो। सन् २०२०-२१ को सिजनमा मात्रै उनी सात पटक घाइते भए। यस सिजन कम घाइते भएपनि हाजार्ड राम्रो फर्ममा भने रहन सकेनन्। हाजार्डले यस सिजन मात्रै २२ दिन गुमाएपनि अब पुनः घाइते भएका छन्।

प्रकाशित : आइतबार, चैत १३, २०७८१२:४०

औवामियाङलाई बेचेर पछुताइरहेको छ आर्सनल ?