इलांगा भन्छन् – ‘रोनाल्डो एक खेलाडी मात्र होइनन्, हाम्रा लागि सल्लाहकार पनि हुन्’

Manchester United's Portuguese striker Cristiano Ronaldo (R) consoles Manchester United's Swedish striker Anthony Elanga (L) after his penalty miss gave victory to Middlesbrough in the English FA Cup fourth round football match between Manchester United and Middlesbrough at Old Trafford in Manchester, north-west England, on February 4, 2022. - Middlesbrough won the tie 8-7 on penalties after the game finished 1-1 at full and extra time. - RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No video emulation. Social media in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No use in betting publications, games or single club/league/player publications. (Photo by Lindsey Parnaby / AFP) / RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No video emulation. Social media in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No use in betting publications, games or single club/league/player publications. / RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No video emulation. Social media in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No use in betting publications, games or single club/league/player publications. (Photo by LINDSEY PARNABY/AFP via Getty Images)

एजेन्सी – म्यानचेस्टर युनाइटेडका एन्थोनी इलांगाले आफूलाई क्रिस्टियानो रोनाल्डोले धेरै प्रभाव पारेका बताएका छन्। एक कुराकानी गर्नेक्रममा इलांगाले आफूमा रोनाल्डोको उपस्थितिले ठूलो प्रभाव पारेको बताएका हुन्।

म्यानचेस्टर युनाइटेडको आधिकारिक वेबसाइटसँग कुराकानी गर्दै रोनाल्डोबाट आफूहरुले धेरै राम्रो सल्लाह सुझावहरु पाउने गरेको बताए। युनाइटेडमा रोनाल्डोले खेलाडी मात्र नभई सल्लाहकारको समेत भूमिका निभाइरहेको इलांगाको भनाई छ।

“सल्लाहकारको रुपमा रोनाल्डो जस्तो व्यक्तिलाई पाउनु साँचै राम्रो कुरा हो। म छिट्टै प्रशिक्षणमा जाँदा रोनाल्डोलाई नै पाउँछु। यदि कुनै खेल हुँदैछ भने एक दिन अगाडी नै हामी खेल वा प्रशिक्षणको बारेमा कुरा गर्छौं।”,इलांगाले भने।

इलांगाले रोनाल्डो मैदानमा मात्र नभई मैदान बाहिर पनि धेरै राम्रो रहेको बताए। युवा खेलाडीहरुलाई रोनाल्डोले धेरै राम्रा सलाह सुझावहरु दिने इलांगाको भनाई छ। इलांगाका अनुसार रोनाल्डो जस्तो खेलाडीको उपस्थितिले युवा खेलाडीहरुले धेरै कुरा सिक्न पाइरहेका छन्।

“उनी पिचमा मात्र नभई पिच बाहिर पनि धेरै राम्रा छन्। यदि हामी [युवा खेलाडीहरूलाई] कुनै मद्दत चाहिन्छ भने हामी उनीसँग कुरा गर्न सक्छौं। त्यसैले उनी वरिपरि हुनको लागि वास्तवमै राम्रो मान्छे हुन्।”,इलांगाले भने।

इलांगा १२ वर्षको उमेरमा माल्मोबाट युनाइटेडमा आबद्ध भएका थिए। उनले जारी सिजनमा युनाइटेडका लागि कुल २८ खेल खेलेका छन्। युनाइटेड सबै उपाधिबाट बाहिरिसकेको भएपनि अधिक अनुभवी खेलाडीहरूसँगको संगतले धेरै कुराहरु सिक्न मिलिरहेको इलांगा बताउँछन्।

प्रकाशित : आइतबार, चैत १३, २०७८१६:४४

क्लोप भित्र्याएर झनै घातक बन्ने रियलको योजना ! लिभरपुल छाडेर जालान् त स्पेन ?