मेस्सी र सुआरेजलाई लिएर बेकह्यामको मास्टर प्लान, अहिले देखि नै यसो गर्न लागे !

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनेल मेस्सीले धेरै कुराहरुमा पुनर्विचार गर्ने बताइसकेका छन्। मेस्सीको सो भनाईसँगै विभिन्न अनुमानहरु गर्न थालिएको छ। मेस्सीको सो भनाईले राष्ट्रिय टोलीबाट सन्यास लिने तर्फ इंकित गरिरहे पनि मेस्सीले पिएसजी छाड्न सक्ने शंका समेत पैदा भएको छ।

यस्तोमा मेस्सी पिएसजी छाडेपछि उनी कता जालान् भन्नेमा चासो हुनु स्वाभाविक नै हो। बताइएअनुसार मेस्सी कि बार्सिलोना फिर्ता हुनेछन्, कि अमेरिकी लिगमा जानेछन्। मेस्सीलाई अमेरिकी लिगको इन्टर मियामीले भित्र्याउन चाहेको छ। मियामीका मालिक डेभिड बेकह्यामले मेस्सीलाई भित्र्याउन चाहेको कुरा नौलो होइन।

विभिन्न अवसरहरुमा बेकह्यामले मेस्सीलाई भित्र्याउने चाहना व्यक्त गरिसकेका छन्। मेस्सीलाई मात्र नभई उनका नजिकका मित्र लुइस सुआरेजलाई पनि भित्र्याउने बेकह्यामको योजना रहेको छ। उनले आफ्नो लोकप्रियता प्रयोग गरेर विश्वका उत्कृष्ट खेलाडीहरूलाई भित्र्याउने प्रयास गरिरहेका छन्। र उनले मेस्सी र सुआरेजलाई पनि भित्र्याउन सक्नेछन्।

सुआरेजको एट्लेटिको म्याड्रिडसँगको सम्झौता सकिन धेरै समय छैन। यहि सिजनको अन्त्यमा उनको सम्झौता सकिनेछ। बेकह्यामले यहि मौकाको सदुपयोग गर्दा सुआरेजलाई भित्र्याउने प्रयास गर्न सक्छन् र पछि मेस्सीलाई मियामी जान राजी गराउन सक्छन्।

बेकह्यामको प्रयास सबै राम्रो गएको खण्डमा बार्सिलोनामा कयौं वर्ष सँगै खेलेका मेस्सी र सुआरेज एकसाथ मियामीमा हुनेछन्। मेस्सी र सुआरेज जस्तो खेलाडी एकै टीममा हुनु मियामी मात्र नभई अमेरिकी लिगका लागि पनि लाभको कुरा हुनेछ।

प्रकाशित : आइतबार, चैत १३, २०७८११:५३

चुम्बक बन्दै जाभी, बार्सिलोना जान सलाह इच्छुक !