भेनेजुएला विरुद्ध यस्तो खतरनाक थियो मेस्सीको प्रदर्शन [भिडियो सहित]

शनिबार भेनेजुएलालाई ३–० ले हराएको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्नो सामान्य प्रतिभामा फर्किएका थिए। मेस्सीले विश्वकप छनोटको खेलमा तेस्रो गोल गरे, ला बम्बोनेरामा निको गोन्जालेज र एन्जल डी मारियाले पनि गोल गरे।

सात पटकको ब्यालोन डी’ओर विजेता यस सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) मा निकै सामान्य देखिएका छन्, लिगमा सित्तैमा हस्ताक्षर गरेपछि ३४ वर्षीय स्टारले मात्र दुई गोल गर्न सफल भएका छन्। शनिबार बिहान भएको खेलमा उनले निकै आवश्यक रहेको निकै उत्कृष्ट प्रदर्शन उत्पादन गरेका थिए।

पहिलो पटक होइन, मेस्सीले पूर्ण रूपमा खेल चलाए – डिप पोजिसनबाट खेलको निर्देशन र ९० मिनेटको अवधिमा विपक्षी खेलाडीहरुलाई छक्याउँदै आफ्ना टिममेटलाई उत्कृष्ट पास प्रदान गरेको धेरै देखियो। मेस्सीका केही पासहरु निकै उत्कृष्ट रहेका थिए, जसले सबैलाई मेस्सी फुटबल जगत कै सर्वश्रेष्ठ प्ले-मेकर हुन् भनेर सम्झना दिलायो।

पूर्व बार्सिलोना कप्तानले टोलीको तेस्रो गोल पनि गरे। जितमा पक्का गर्ने उनको गोल डि मारियाको शानदार चिप पासबाट आएको थियो। यसैबीच, कसैले मेस्सीको पछिल्लो खेलको ६ मिनेटको कम्पाइलेशन भिडियो बनाएको छ, जसको शीर्षक “लियोनेल मेस्सी वाज अनस्टप्पेबल भर्सेस भेनेजुएला” रहेको छ र हामी तपाईंलाई यो हेर्नको लागि सुझाव दिन्छौं।

सोफास्कोरले पनि यो अल्बिसेलेस्टे कप्तानको “स्ट्यान्डआउट डिस्प्ले” थियो र उनलाई ९.३ रेटिंग दियो। मेस्सीले १२४ टच, पाँच मध्ये चार सटीक लामो बल, तीन प्रमुख पास र नौ प्रयास ड्रिबल मध्ये छ वटा पूरा गरेका थिए। लियोनेल स्कालोनीको नेतृत्वमा अर्जेन्टिना अब ३० खेल अपराजित यात्रामा रहेको छ र कोपा अमेरिका होल्डरहरू यस वर्षको अन्त्यमा हुने विश्वकप अघि राम्रो लयमा देखिन्छन्।

प्रकाशित : आइतबार, चैत १३, २०७८१६:४२

इलांगा भन्छन् – ‘रोनाल्डो एक खेलाडी मात्र होइनन्, हाम्रा लागि सल्लाहकार पनि हुन्’