मेस्सी पीएसजीको औकात भन्दा माथिको खेलाडी भएको फाब्रेगासको दाबी !

सेस्क फाब्रेगासले रियल म्याड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएपछि पेरिस सेन्ट-जर्मेन (पीएसजी) फ्यानहरूबाट बार्सिलोनाका आफ्ना पूर्व टिममेट लियोनेल मेस्सीले पाएका सिट्टी बारे छलफल गरेका छन्।

रियल म्याड्रिड विरुद्धको हारपछिको पहिलो लिग खेलमा पीएसजी समर्थकले मेस्सीको खुट्टामा बल आउने बित्तिकै सिट्टी बजाउँदै आलोचना गरेका थिए। यसबारे बोल्दै मोनाको मिडफिल्डरले मेस्सीको कदको खेलाडीलाई यस्तो स्वभाव देखाउन नहुने बताएका छन्। “लियोको मामला एकदम सरल छ। मेरो लागि, उनी मैले देखेको र खेलेको सबैभन्दा उत्कृष्ट खेलाडी हुन्,” फाब्रेगासले मार्कालाई भने, “मैले मेस्सीबाट जे देखेको छु, त्यो साँच्चै असाधारण छ।”

फाब्रेगासले विगतमा बार्सिलोनाका फ्यानहरूबाट पनि यस्तै व्यवहार पाएका थिए। “मलाई क्याम्प नोउमा सिट्टी बजाइएको छ,” उनले भने, “मलाई थाहा छ पीएसजीसँग के भयो। प्रशंसकहरू खेलाडीहरूसँग तनावको क्षण सिर्जना गर्न चाहन्छन्। म्याचको समयमा तिनीहरूले तपाईंलाई समर्थन गर्छन्, जब तिनीहरूले तपाईंको नाम गाउँछन्, उत्तम, तर मैले अर्को दिन के देखेँ, नेयमारले बल गुमाउँदा सिट्टी बजाउने वा बल छोएपछि सिट्टी बजाउने, धेरै कुरूप छ।”

फुटबल खेलाडीहरूले धेरै कमाउने कारण पनि फ्यानहरू निराश हुन सक्छन् भन्ने ३४ वर्षीयाले स्वीकार्छन्, तर ७ पटकका ब्यालोन डी ओर विजेताले फ्रान्सको राजधानीमा सफलता दिलाउनेमा उनी विश्वस्त रहेका छन्। “उनीहरूले धेरै पारिश्रमिक पाउँछन् भन्ने औचित्य दिन्छन्, रियल म्याड्रिडसँग हारेका थिए, त्यो ठीक छ, तर के उनीहरू जित्न चाहँदैन थिए होला? त्यो पहिलो कुरा हो,” फाब्रेगासले थपे, “पीएसजीसँग उनीहरूले अहिलेसम्म केही पनि जितेका छैनन्, तर उनीहरूले लिग पक्कै जित्नेछन्।”

“तपाईं भर्खरै आएका खेलाडी [मेस्सी] को बारेमा कुरा गर्दै हुनुहुन्छ। पीएसजीले आफ्नो जीवनमा यस्तो खेलाडी कहिल्यै पाएको थिएन,” उनले भने,”कृतज्ञ हुनु राम्रो हो, उनलाई समर्थन गर्नु र उनलाई कुचल्नु हुँदैन। यो वर्ष वा अर्को, यी खेलाडीले तपाईंलाई उत्कृष्ट क्षणहरू ल्याउनेछन्।”

प्रकाशित : आइतबार, चैत १३, २०७८१७:२३

क्यानडा ३६ वर्षपछि विश्वकपमा !