क्यानडा ३६ वर्षपछि विश्वकपमा !

एजेन्सी – क्यानडा यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । जमैकामाथि सानदार जित निकाल्दै क्यानडाले एक खेल बाँकी छँदै कोन्काफ क्षेत्रबाट विश्वकपमा स्थान पक्का गरेको हो ।

क्यानडा दोस्रोपटक अर्थात ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो । यसअघि क्यानडा १९८६ को विश्वकपमा छनोट भएको थियो । उक्त विश्वकपमा क्यानडाले समूह चरण पार गर्न सकेको थिएन ।

विएमओ फिल्ड क्यानडामा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा सायल लारिन, टाजोन बुचानान र जुनियर होइलेटले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

एकपक्षीय बनेको खेलको १३औं मिनेटमा सायल लारिनको गोलबाट क्यानडाले सुरुवाती अथ्रता लिएको थियो । ४४औं मिनेटमा टाजोनले गोल गर्दै क्यानडाको अग्रता दोब्बर पारे ।

त्यसपछि ८३औं मिनेटमा जुनियर होइलेटले गोल गर्दै क्यानडालाई सहज जिततर्फ अग्रसर गराए । ८८औं मिनेटमा एड्रिएन मारिएप्पाले आत्मघाती गोल गरेपछि क्यानडाले सानदार जित निकाल्न सफल भयो ।

यो जितसँगै कोन्काफ क्षेत्रमा शीर्षस्थानमा रहेको क्यानडाको १३ खेलबाट २८ अंक पुगेको छ । पराजित जमैकाको १३ खेलबाट ८ अंक रहेको छ । यो क्षेत्रबाट तीन टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछ । एक टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

प्रकाशित : सोमबार, चैत १४, २०७८०८:१२

जाभीको प्रशंसामा उत्रिए जेरार्ड, बार्सिलोनाले जाभीलाई प्रशिक्षक बनाएर सबैलाई झड्का दिएको दावी !