जाभीको प्रशंसामा उत्रिए जेरार्ड, बार्सिलोनाले जाभीलाई प्रशिक्षक बनाएर सबैलाई झड्का दिएको दावी !

एजेन्सी – एस्टन भिल्लाका प्रशिक्षक तथा लिभरपुल लेजेण्ड स्टेभेन जेरार्डले जाभी हर्नान्डेजको खुलेर प्रशंसा गरेका छन्। एक अन्तर्वार्ताका क्रममा जेरार्डले बार्सिलोनाका प्रशिक्षक जाभीको खुलेर प्रशंसा गरेका हुन्।

क्लबको वातावरणलाई राम्रोसँग बुझेका जाभीलाई प्रशिक्षक नियुक्त गरेर बार्सिलोनाले धेरै राम्रो गरेको जेरार्डले बताए। जाभीलाई प्रशिक्षका नियुक्त गरिनु प्रतिभाको झड्काको रुपमा चित्रण गरे। बार्सिलोनाले कस्तो शैलीमा खेल्न चाहन्छ भन्ने कुरा राम्रोसँग बुझेका जाभीलाई क्लबको जिम्मेवारी दिइनु धेरै राम्रो कुरा रहेको जेरार्डको भनाई छ।

“मलाई लाग्छ जाभीको छनोट बार्सिलोनाले दिएको प्रतिभाको झड्का थियो। उनी त्यस्तो व्यक्ति हुन् जसको डीएनएमा बार्सिलोना छ र जो धेरै वर्षसम्म विश्व-स्तरीय खेलाडी थिए।”,जेरार्डले भने।

जाभीको आगमन पछि बार्सिलोना कठिन समयबाट राम्रो अवस्था तर्फ फोर्ता भइरहेको जेरार्डले बताए। बार्सिलोना प्रशंसकको रूपमा जाभीले अझै के गर्छन् भन्ने हेर्न आफू आतूर रहेको जेरार्डको भनाई छ।

उनी भन्छन्,”बार्सिलोना वरपरका सबैले हेर्न चाहेको शैली बारे उनी राम्रोसँग ज्ञात छन्। कठिन वर्षहरुपछि जाभीले बार्सिलोनालाई त्यहाँ लैजाँदै छन्, जहाँ बार्सिलोना हुन पर्ने हो। बार्सिलोना प्रशंसकको रूपमा मलाई उनीहरूले धेरै राम्रो गरिरहेको देख्ने चाहना छ।”

प्रकाशित : सोमबार, चैत १४, २०७८०९:२८

“सलाहले कुनै पनि हालतमा लिभरपुल छाड्न हुँदैन, छाडेभने शून्यमा झर्छन्”