“सलाहले कुनै पनि हालतमा लिभरपुल छाड्न हुँदैन, छाडेभने शून्यमा झर्छन्”

एजेन्सी – लिभरपुलका पूर्व खेलाडी अल-हादजी डिउफले मोहम्मद सलाहलाई लिभरपुल नछाड्न सुझाव दिएका छन्। एक अन्तर्वार्ताका क्रममा अल-हादजी डिउफले सलाहलाई लिभरपुल छाडेर अन्यत्र नजान सुझाव दिएका हुन्।

लिभरपुल छाडेर अन्यत्र गएको खण्डमा सलाहलाई केहि कठिन हुने डिउफले बताए। डिउफका अनुसार लिभरपुल छाडेर स्पेन अथवा अन्य लिगमा गएको खण्डमा सलाहले शुरुवातबाट मिहिनेत गर्नुपर्नेछ। सलाह अहिले लिभरपुलको उत्कृष्ट खेलाडी रहेको भएपनि अन्यत्र गएपछि कठिन हुन सकने डिउफको भनाई छ।

“यो स्पष्ट छ कि लिभरपुलले सालाहको मागहरू स्वीकार गर्नुपर्छ। तर म सलाहको ठाउँमा हुन्थें भने म कुनै पनि हालतमा लिभरपुल छाड्दैनथे। अन्य क्लबमा जाँदा धेरै कमाउन सकेपनि लिभरपुलमा जस्तो अन्त सहज हुँदैन। सलाह अहिले लिभरपुलको उत्कृष्ट खेलाडी भइसकेका छन्। साडियो माने सहितका खेलाडीहरुसँग मिलेर उनले अझै उपाधिहरु जित्न सक्छन्। तर अन्यत्र जाँदा उनले शून्यबाट शुरु गर्नुपर्ने हुन्छ।”,डिउफले भने।

त्यस्तै डिउफले सलाह अफ्रिकन खेलाडी भएकै कारण माग गरेजति पारिश्रमिक नदिइएको बताए। अफ्रिकन खेलाडीहरुलाई युरोपियन क्लबहरुले राम्रो पारिश्रमिक दिन आनाकानी गर्ने गरेको डिउफको भनाई छ। त्यसक्रममा उनले अफ्रिकन खेलाडीको रुपमा भोगेको समस्याहरुलाई पनि सम्झिए।

उनले भने,”सालाहले आफू अफ्रिकी हो भन्ने कुरा बुझ्नुपर्छ। उनलाई युरोपेली खेलाडीहरू जस्तो व्यवहार कहिल्यै गरिने छैन। युरोपेली क्लबहरु कहिल्यै पनि अफ्रिकन खेलाडीहरुलाई ठूलो सम्झौता दिँदैनन्। म लिभरपुलमा हुँदा पनि त्यस्तै भएको थियो।”

प्रकाशित : सोमबार, चैत १४, २०७८०९:४३

चम्किए पुलिसिस, ह्याट्रिक गर्दै अमेरिकालाई विश्वकपमा छनौट गराए !