रोनाल्डोका कारण युनाइटेड छाड्ने मुडमा रासफोर्ड, प्रतिद्वन्दी क्लब भने उछिट्याउने दाउमा !

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनलले म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डलाई भित्र्याउने तयारी गरिरहेको खुलासा भएको छ। विभिन्न बेलायती मिडियाहरुले रासफोर्डमा आर्सनलको नजर रहेको दावी गरेका हुन्।

बेलायती मिडिया ‘मिरर’ले गरेको दावी अनुसार आर्सनलले रासफोर्डलाई आउने समर ट्रान्सफर विन्डोमा भित्र्याउने प्रयास गर्ने सम्भावना रहेको छ। जनवरी ट्रान्सफर विन्डोमा खेलाडी नभित्र्याएको आर्सनलले समर ट्रान्सफर विन्डोमा रासफोर्डलाई भित्र्याउन सक्ने मिररको दावी छ।

रासफोर्ड जारी सिजनमा त्यति राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। गत सिजन धेरै राम्रो प्रदर्शन गर्न सकेका उनी यस सिजन भने कम्जोर लयमा देखिएका छन्। गत सिजन उनले सबै प्रतियोगितामा युनाइटेडका लागि कुल ५७ खेल खेलेका थिए। जसमा उनले २१ गोल गर्दै १५ असिस्ट दिएका थिए।

तर जारी सिजनमा रासफोर्डले गत सिजनको लय गुमाएका छन्। जारी सिजनमा उनले युनाइटेडका लागि कुल २७ खेल खेलेका छन्। जसमा उनले मात्रै ५ गोल गरेका छन् भने २ असिस्ट दिएका छन्। यसरी एकाएक लय गुमाएसँगै युनाइटेडले उनलाई बिक्री गर्न सक्ने सम्भावना बढ्दै गएको छ।

हुन ता रासफोर्ड आफैं पनि युनाइटेडमा सन्तुष्ट छैनन्। क्रिस्टियानो रोनाल्डो आएपछि परिवर्तन भएको भूमिकाले उनलाई कम्जोर बनाइरहेको छ। रोनाल्डो आएपछि रासफोर्डले शुरुवाती ११ मा स्थान बनाउन संघर्ष गर्न परिरहेको छ। यस्तोमा आर्सनलले समयको सहि सदुपयोग गर्न गर्न सक्छ र रासफोर्डलाई भित्र्याउन सक्छ।

प्रकाशित : सोमबार, चैत १४, २०७८१०:२६

समर ट्रान्सफर अगाडी नै बार्सिलोनालाई ठूलो सफलता, झनै घातक हुने भयो टोली!