समर ट्रान्सफर अगाडी नै बार्सिलोनालाई ठूलो सफलता, झनै घातक हुने भयो टोली!

एजेन्सी – ब्राजिलियन विङ्गर राफिना बार्सिलोना जान तयार भएका छन्। हाल प्रिमियर लिग क्लब लिड्स युनाइटेडमा रहेका राफिना आउने ट्रान्सफर विन्डोमा बार्सिलोना जान तयार भएका हुन्।

राफिना बार्सिलोनासँग सम्झौता गर्नको लागि तयार भइसकेको स्पेनिस मिडियाहरुको दावी छ। स्पेनिस मिडियाहरुले गरेको दावी अनुसार आउने ट्रान्सफर विन्डोमा सम्झौता गर्ने गरी राफिनाले मौखिक सहमति जनाइसकेका छन्।

राफिना पाँच वर्षको लागि सम्झौता गर्न तयार रहेको बताइन्छ। साथै राफिना आर्थिक संकटमा परेको बार्सिलोनाको नयाँ पारिश्रमिक नीति अनुसार सम्झौता गर्न तयार रहेको स्पेनिस मिडियाहरु बताउँछन्। तर राफिनाले लिड्समा भन्दा धेरै राम्रो पारिश्रमिक बार्सिलोनामा पाउनेछन्।

बार्सिलोनाका आलावा उनलाई प्रिमियर लिग क्लब लिभरपुलले पनि भित्र्याउन चाहेको छ। तर राफिना भित्र्याउने दौडमा बार्सिलोनाको अगाडी लिभरपुल पछि पर्ने भएको छ। प्रिमियर लिगको रेलिगेसन जोन नजिक रहेको लिड्स युनाइटेडमा रहेका राफिना भित्र्याउन बार्सिलोनाले गएको केहि समय देखि प्रयास गरिरहेको थियो।

राफिना सन् २०२० मा रेनेसबाट लिड्स आएका थिए। लिड्सले उनलाई भित्र्याउन २० मिलियन युरो खर्च गरेको थियो। लिड्स आएयता उनले ५९ खेलमा १५ गोल गरेका छन् भने १२ असिस्ट दिएका छन्। प्रिमियर लिग पुगेयता नै उनले युरोपका ठूला क्लबहरुको ध्यान तानिरहेका छन्।

प्रकाशित : सोमबार, चैत १४, २०७८१०:३३

रोनाल्डोलाई घाटै-घाटा, गुम्ने भयो सबै बोनस ! कति गुम्ने भयो ?