रोनाल्डोलाई घाटै-घाटा, गुम्ने भयो सबै बोनस ! कति गुम्ने भयो ?

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको अप्रत्याशित कम्जोर प्रदर्शनसँगै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई ठूलो आर्थिक झड्का लाग्ने भएको छ। बेलायती मिडियाहरुका अनुसार युनाइटेडको कम्जोर प्रदर्शनसँगै रोनाल्डोले विभिन्न बोनसहरु गुमाउने भएका हुन्।

यसै सिजन युभेन्टसबाट म्यानचेस्टर युनाइटेड आउँदा भएको सम्झौता अनुसार युनाइटेड राम्रो प्रदर्शन गरिरहेको भए रोनाल्डोले विभिन्न बोनसहरु पाउने थिए। तर युनाइटेड सबै प्रतियोगिताबाट बाहिरिएसँगै अब रोनाल्डोले सम्झौता अनुसारका बोनसहरु पाउने छैनन्।

यदि युनाइटेडले च्याम्पियन्स लिग जितेको भए रोनाल्डोले साढे २ मिलियन पाउण्ड बोनस पाउने थिए। त्यस्तै युनाइटेड प्रिमियर लिग च्याम्पियन बनेको खण्डमा पनि साढे २ मिलियन पाउण्ड नै बोनस पाउने सहमति थियो। यस सिजन युनाइटेडका लागि दुवै उपाधि जित्ने सम्भावना सकिसकेको छ। यस हिसाबले रोनाल्डोले ५ मिलियन बोनस गुमाइसकेका छन्।

त्यस्तै जारी सिजनमा युनाइटेड शिर्ष चारमा अटाउने सम्भावना पनि क्षिण बन्दै गइरहेको छ। युनाइटेड अहिले प्रिमियर लिगको छैठौं स्थानमा छ। २९ खेलबाट ५० अंक जोडेको युनाइटेड ५१ अंक सहितको टोटेनह्याम र ५४ अंक बोकेको आर्सनल भन्दा पछि छ। आर्सनलले त युनाइटेड भन्दा १ खेल कम खेलेको छ। यस्तोमा युनाइटेड शिर्ष चारमा पर्न पर्ने कमै सम्भावना देखिन्छ।

युनाइटेड शिर्ष चारमा पर्न नसकेको खण्डमा पनि रोनाल्डोले बोनस गुमाउनेछन्। युनाइटेड शिर्ष चारमा नअटाएको खण्डमा रोनाल्डोले थप साढे २ मिलियन पाउण्ड गुमाउनेछन्। सो अवस्थामा रोनाल्डोले समग्रमा साढे ७ मिलियन पाउण्ड गुमाउनेछन्।

प्रकाशित : सोमबार, चैत १४, २०७८१०:४४

“बार्सिलोनाले रियललाई तर्साइरहेको छ, सात्तो लिरहेको छ”